+
+

नवजीवन सहकारीको अध्यक्षमा सिंह विजयी

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १२ गते ९:३७


१२ चैत, कैलाली । बैकिंग कारोबार गर्ने नेपालको पहिलो सहकारी नवजीवन सहकारी संस्था लिमिटेडको अध्यक्षमा चक्रबहादुर सिंह विजयी भएका छन् । आइतबार भएको निर्वाचनमा सिंहसहित उनको प्यानलका अधिकांश पदाधिकारी तथा सदस्य निर्वाचित भएका हुन् ।

निर्वाचन समितिले दिएको जानकारी अनुसार, चक्रबहादुर सिंहले ३ हजार ५ सय ३७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी रतन कठायतले २ हजार ७ सय ७४ मत प्राप्त गरे । त्यस्तै अध्यक्ष पदका अर्का उम्मेदवार ईश्वर जोशी ५ सय १९ मतमा सिमित रहे ।

उपाध्यक्षमा गोविन्दराज जोशी फराकिलो अन्तरले विजयी भएका छन् । जोशीले ४ हजार ५० मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी देवबहादुर मल्लले मात्रै २ हजार ५ सय ८३ मत पाए ।

त्यस्तै सञ्चालक समितिको सदस्यमा सर्वाधिक ४ हजार २ सय ६३ मत सहित खेमराज पाण्डेय विजयी भए । सदस्यमा इन्दिरा जैसी ४ हजार २ सय ३४, चेतराज ओझा ३ हजार ४ सय २७, जनकराज जोशी ३ हजार ३ सय ५७, घनबहादुर शाह ३ हजार ३ सय १९, कृष्णबहादुर चौधरी ३ हजार १ सय ६५ र देवबहादुर बम ३ हजार ४ सय १३ मत ल्याएर विजयी भए । त्यसैगरी केशव मिश्र ३ हजार १ सय २७, गोपाल पाठक ३ हजार १ सय १२, त्रैलोक्यनाथ जोशी टिएन ३ हजार ४ सय ४ र जयराज जोशी २ हजार ९ सय ४४ मत हासिल गर्दै जित निकालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?