+
+

जनअपेक्षा पूरा गर्न कुनै असर बाँकी राख्दिनँ : प्रहरी प्रमुख खनाल

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २८ गते १९:१६


२८ चैत, काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सरकार र जनताको अपेक्षा पूरा गर्न कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

निवर्तमान प्रहरी प्रमुख प्रकाश अर्यालसहितका बुधबारदेखि अवकाश पाएका प्रहरी उच्च अधिकारीहरुको विदाइ कार्यक्रममा खनालले आफूलाई दिएको जिम्मेवारीप्रति सरकार, प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी प्रमुखलाई धन्यवाद दिए ।

उनले अघि भने, ‘जुन अपेक्षा राखेर जिम्मेवारी दिइएको छ, त्यसलाई पुरा गर्न कुनै असर बाँकी राख्ने छैनौं ।’

खनालले प्राप्त स्रोत साधनको अधिकतम प्रयोग गर्दै प्रहरीको छवि अझ उच्च बनाउने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?