+
+

नेपाल पुलिस एकेडेमीको कर्मचारीलाई ब्लेडले काट्ने ५ जना समातिए

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २ गते १४:१६

२ बैशाख, काठमाडौं । नेपाल पुलिस एकेडेमीमा कार्यरत कर्मचारीलाई घाँटीमा धारिलो हतियारले काट्ने ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं–१८, नरदेवीका २० वर्षीय विक्रम न्यौपाने, काठमाडौं–१७ ढल्कुका १७ वर्षीय अनिल खवास, चितवान भरतपुर घर भइ हाल नरदेवी बस्दै आएका १७ वर्षीय राहुल न्यौपाने, भरतपुर घर भइ काठमाडौं–१८ बस्दै आएका १७ वर्षीय नविन न्यौपाने र धादिङ धार्के घर भइ काठमाडौंको नयाँ बसपार्क बस्दै आएकी १९ जेविका अधिकारी छन् ।

उनीहरुले गत २७ चैतमा नेपाल पुलिस एकेडेमीमा प्रहरी कार्यालय सहायकमा कार्यरत २० वर्षीय सञ्जिव पौडेललाई ब्लेडले घाँटीमा काटेर फरार रहेका थिए ।

उनीहरुलाई महानगरीइ प्रहरी वृत्त, लैनचौरले नियन्त्रणमा लिएको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?