+
+

लम्पसार परेर एकतामा जाँदैनौंः क्रान्तिकारी अध्यक्ष तामाङ

‘वाम एकता जनयुद्ध र जनआन्दोलनबीचको एकता हो’

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १२ गते १८:०३

१२ वैशाख, झापा। अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले वाम एकता भनेको जनयुद्ध र जनआन्दोलनको पनि एकता भएको बताएका छन् । तामाङले वाम एकता कुनै एउटा पक्षको मात्र आवश्यकता नभएर दुवैको आवश्यकता भएको जिकिर गरे ।

अखिल क्रान्तिकारी झापा जिल्लाको १६ औं सम्मेलन बुधबार उद्घाटन गर्दै अध्यक्ष तामाङले भने, ‘कतिपयले एकता माओवादीको मात्र आवश्यकता भनेर चर्चा गरेको सुन्छु। तर यो कुरा गलत हो । एकता दुवैको आवश्यकता हो ।’

तामाङले एकताको नाममा माओवादी लम्पसार भएर नजाने बताए । उनले भने, ‘एकता विचार, संगठन र आन्दोलनको बीचमा हुने हो ।’

तामाङले माओवादी युवा विद्यार्थीहरु सम्माजनक एकतामा मात्र सामेल हुने बताए।

क्रान्तिकारीको जिल्ला सम्मेलनमा उपाध्यक्ष सुरेन्द्र बस्नेत, लेखा आयोग अध्यक्ष युवराज दाहाल, सचिव मदन भट्टराई, अनुशासन आयोग सचिव गञ्जु प्रधान लगायतले शुभकामना दिएका थिए।

सोही कार्यक्रममा माओवादी केन्द्रका नेता झलकसिंह दर्लामी, विजय साङपाङ्, सीपी कंडरिया, वीरेन्द्र बस्नेत, महेन्द्र भट्टराई लगायतले पनि शुभकामना दिएका थिए।

जिल्ला सम्मेलनबाट अध्यक्षमा अनिल उपाध्याय निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?