१९ वर्षका इभान मेक्करमेक एउटा क्याफेमा बसेर आफुलाई मन पर्ने जूसी बर्गरलाई ध्यानसँग हेरिरहेका छन् ।
यो मासुजस्तै देखिन्छ, जसबाट मांशाहारी जस्तै बासना पनि आउँछ । अझ अर्को रोचक त के भने यो बर्गर काट्दा रगत पनि निस्किन्छ ।
तर यो सबै धोका हो ।
अमेरिकाको सिलिकन भ्यालीको इम्पोसिबल फुड्स नामक कम्पनीले यो बर्गर बनाएको हो ।
गहुँ, नरिवलको तेल र आलुबाट यो बर्गर बनेको हो र यसमा मासुको कुनै अंश छैन । तरपनि यसले कुनै मांसाहारी बर्गलाई चक्मा दिन सक्दछ ।
यो बर्गर उत्पादन गर्नुको मुख्य उद्धेश्य वातावरण संरक्षण रहेको दाबी गरिएको छ ।
कम्पनीका सिइओ पेट ब्राउनका अनुसार सन् २०३५ सम्ममा खानेकुरामा जनावरको मासुको प्रयोग पूर्ण रुपमा बन्द गर्ने कोसिस उनको हुनेछ ।
उनका अनुसार मासुको कारोबारका लागि जनावर पाल्नु एक कारखाना चलाउनु जस्तै हो । मासु, माछा र डेरी तिनै उद्योगले कुनै कारखाना भन्दा कम प्रदुषण गर्दैनन् ।
माछा मासु तथा डेरी उद्योगबाट उत्सर्जन हुने हरितगृह ग्यासको मात्रा कोइला, पेट्रोललियम, उत्खनन तथा वनविनास जत्तिकै घातक हुने उनको दाबी छ ।
एक तथ्यांक अनुसार पृथ्वीमा हुने कुल मानवीय हरितगृह ग्यासमध्ये १८ प्रतिशत पशुपालन उद्योगबाट आउँदछ ।
यस्तोमा अमेरिकाको इम्पोसिबल फुड्सले उत्पादन गर्ने बर्गर पर्यावरण तथा शाकाहारीको रुचीमा पर्नेछ, तर अहिले चाहीँ यो अमेरिकाका केही रेष्टुरेन्टमा मात्र उपलब्ध हुनेछ ।
सन् २०२० सम्ममा सुपरमार्केटका लागि समेत अाफ्नाे उत्पादन बढाउने कम्पनीको योजना छ ।
एजेन्सी
प्रतिक्रिया 4