+
+

तीन हजार केराको बोट फाँडेको आरोपमा तीन पक्राउ

रासस रासस
२०७५ वैशाख २० गते १०:१०

२० वैशाख, रत्ननगर, चितवन ।  पूर्वी चितवनको कालिका नगरपालिका–६ का किसानको केरा खेती फाँडेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार कालिका नगरपालिका–७ बाट बुधबार उनीहरु पक्राउ परेका हुन् । घटनामा संलग्न मुख्य मान्छे भने फरार रहेकाले खोजी कार्य तीव्र पारिएको थापाले जानकारी दिए । उनीहरुको पहिचान भने खुलाइएको छैन ।

प्रारम्भिक जानकारीअनुसार लागूपदार्थ (नशा)को सुरमा उनीहरुले केरा काटेर नष्ट गरेको जानकारीमा आएको भन्दै थापाले अन्य कारण बारेमा अनुसन्धान भइरहेको बताए ।

सो घटनाको अनुसन्धान तथा दोषीलाई पक्राउ गरी कारबाहीका लागि अहिले इलाका प्रहरी कार्यालय, रत्ननगरका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाको नेतृत्वमा टोली परिचालन गरिएको छ । पक्राउ परेका तीनैजना रत्ननगर प्रहरीको हिरासतमा छन् ।

अज्ञात समूहले सोमबार राति १२ जना केरा किसानको तीन हजार ९४ बोट केरा बगानमै पसेर नष्ट गरेको थियो । अनुमानित रु १५ लाख ४७ हजारको केरा नष्ट भएको जानकारी दिँदै चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तले दोषी पत्ता लगाई कारबाहीको माग गरे ।

केरा किसान नवराज धितालको १५० बोट, शोभा भट्टको ६०० बोट, झलक सुवेदीको ३००, देवीप्रसाद गोतामेको ५०, शंकर अम्गाईको २५० र ध्रुव आचार्यको ३५ बोट केरा नष्ट भएको छ ।

यस्तै, कोपिला दाहालको एक हजार २००, गोपी लामिछानेको २००, गोविन्द दाहालको ५०, लिला पंगेनीको १५०, पूर्णबहादुर खड्काको ९७ र भूमिनन्द दवाडीको १२ बोट केरा नष्ट भएको संघले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?