+
+

डीसी पासपोर्ट उत्सव-२०१८ सम्पन्न 

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २३ गते १२:०८

६ मे, वाशिंगटन डीसी । अमेरिकाको राजधानी वाशिंगटन डीसीमा हरेक वर्ष मनाइने पासपोर्ट डीसी उत्सव-२०१८ भव्यताको साथ सम्पन्न भएको छ ।

वाशिंगटन डीसीस्थित नेपाली दूतावासले हरेक वर्ष सहभागिता जनाउँदै आएको पासपोर्ट डीसी-२०१८ उत्सव अबलोकन गर्न करिब २ हजार ५ सय को संख्यामा पर्यटकहरु आएको दूतावासले जनाएको छ l

पासपोर्ट डीसी कार्यक्रमको आयोजना सांस्कृतिक पर्यटन डीसी नामक गैरमुनाफा संस्थाले गर्दछ । पासपोर्ट डीसी २०१८ उत्सवको मुख्य उदेश्य पर्यटन तथा डीसी क्षेत्रमा बसोबास गरी रहेका स्थानीय समुदायलाई बिभिन्न राष्ट्रहरुका संस्कृति तथा परम्परालाई सम्बर्धन तथा प्रवर्धन गर्नु हो l

उत्सव कार्यक्रम बिहान १० बजे देखि बेलुका ४ बजे सम्म खुला गरिएको थियो भने स्थानीय तथा वरीपरीका समुदायले विभिन्न दुताबास अबलोकन गरी बिभिन्न देश सम्बन्धी बिबिध कुराको जानकारी हासिल गरेका थिए ।

वाशिंगटन डीसी नेपाली दूतावासले यस पटक दूतावास मै कार्यक्रमको आयोजना गरेको थियो भने हरेक वर्ष सोही राजदूत निवासमा गर्ने गरेको छ ।

पासपोर्ट डीसी उत्सवमा सहभागी जनाउन नेपाली समुदायका संचारकर्मी, समाज सेवी, बिभिन्न संघ तथा संस्थाका प्रतिनिधि, व्यवसायी, स्थानियबासी तथा बिभिन्न राष्ट्रहरुका पर्यटकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

नेपालको संस्कृति, कला तथा परम्परालाई प्रबर्धन गर्ने हेतुले दूतावास प्रदर्शन कक्ष राखी प्रचार तथा प्रसार सामग्री वितरण गरिएको थियो ।

नेपाली दूतावासमा आएका स्थानीयवासी तथा पर्यटनहरुलाई नेपाली परिकारका खाना खुवाइएको थियो । पर्यटकलाई मनोरंजन गर्न नेपाली नृत्यको प्रस्तुति गरिएको थियो ।

प्रदर्शनमा मूर्ति, हस्तकलाका सामग्री ,ऐतिहासिक स्थान तस्वीरहरु, प्राकृतिक दृश्य तथा संस्कृति झल्कने तथा नेपालको प्रबर्धन सम्बन्धी वृतचित्र प्रदर्शन गरेको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?