+
+

आफ्न बालबालिकालाई सिकाउनै पर्ने २५ असल बानी

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २४ गते ८:०१

तपाईको बालबालिकामा छुच्चो बानी बिकास भइरहेको हुन सक्छ र बालबालिकाहरूले यो कुरा महसुस नै गरेका हुँदैनन् । जस्तै कसैलाई बोल्दाबोल्दै बीचमा अवरोध गर्ने, नाक कोट्याउने वा उनीहरूको अगाडि हिँडिरहेका महिलाको बारेमा नराम्रो प्रतिक्रिया गर्ने कुराहरू शिष्ट हुँदैन भन्ने कुरा उनीहरूलाई थाहा नै हुँदैन ।

हिजोआजको व्यस्त जीवनशैलीको कारण बिहानदेखि बेलुकासम्म व्यस्त रहने आमाबुबाहरूले आफ्नो बालबालिकालाई असल बानीब्यहोरा सिकाउनको लागि समय दिन भ्याएका हुँदैनन् । यस्ता स-साना बानीहरूमा ध्यान दिनुभयो भने तपाईले आफ्नो बालबालिकालाई शिष्ट, असल र सबैले मन पराउने खालको बनाउन सक्नुहुन्छ ।

तपाईको बालबालिकामा यी बिनम्रताको सामान्य नियमहरूमा बानी बस्यो भने त्यसले उनीहरूलाई सधैं अरूको राम्रो नजरमा पर्न सहयोग गर्छ ।

आफ्नो बालबालिकाहरूलाई सिकाउनुहोस् यी २५ असल बानी

१. कसैसँग केही कुरा सोध्दा सधैं प्लिज (कृपया) भन्ने ।

२. कसैबाट केही प्राप्त गर्दा थ्याङ्क यु (धन्यवाद) भन्ने ।

३.केही इमर्जेन्सी छैन भने कसैलाई पनि बीचमा बोलिरहेको बेलामा अवरोध नगर । उनीहरूले आफ्नो कुराकानी सकेपछि आफैं तिमीसँग कुरा गर्छन् भनेर सिकाउने ।

४. तिमीलाई कसैसँग कुराकानी सुरु गर्न छ र आफ्नो ध्यान आफूतिर तान्नु छ भने एस्क्युज मी (माफ गर्नुहोला) भन्नु उत्तम  हुन्छ भनेर सिकाउने ।

५. तिमीलाई केही काम गर्नु छ भने वा केही सुरु गर्ने बारेमा द्विविधा छ भने सबैभन्दा पहिले आमाबुबासँग अनुमति लिने गर भनी सिकाउने ।

६. तिमीलाई मन नपर्ने कुराहरू र कसैप्रति भएको नकरात्मक भावनाहरू आफैभित्र राख्ने गर वा आफ्नो साथीहरूमा मात्रै सीमित राख । अरू ठूला मानिसलाई नसुनाऊ । यो दुनियाँ तिमीलाई के मन पर्दैन भन्ने कुरा जान्न चाहँदैन भनेर सिकाउने ।

७. कसैको शारीरिक बनोटको बारेमा नराम्रो प्रतिक्रिया दिने नगर । प्रशंसा गर्नचाहिँ हुन्छ भनेर सिकाउने ।

८. जब कसैले तिमी तिमी सञ्चै छौ भनेर सोध्छन् त्यसको उत्तर देऊ र उनीहरूलाई पनि सञ्चो विसन्चो सोध भनेर सिकाउने ।

९. जब तिमीले आफ्नो साथीकोमा गएर समय बिताउँछौ त्यसपछि साथी र उसको आमाबुबालाई थ्याङ्क यु -धन्यवाद) भन्न नभुल है भनी सिकाउने ।

९. बन्द रहेको ढोकामा जहिल्यै पनि ढकढक्याउन तथा छिर्नुभन्दा पहिले कसैले खोल्छ कि भनेर एकछिन पर्खन सिकाउने ।

१०. कसैलाई फोन गर्दा पहिले आफ्नो परिचय दिन र आफूले फोन गरेको मानिससँग बोल्न सक्छु कि सक्दिन भनेर सोध्न सिकाउने ।

१२. सधैं अरूको प्रंसशा गर्ने गर र कसैले तिमीलाई केही उपहार दियो भने थ्याङ्क यु (धन्यवाद) भन्ने गर । इमेलको यो युगमा हातैले लेखेर थ्याङ्क यु भन्नु पनि धेरै नै प्रभावकारी हुन्छ भनेर सिकाउने ।

१३. कहिल्यै पनि नराम्रा शब्दहरू नबोल । ठूला मानिसहरूले यस्तो बोलेको मन पराउँदैनन् भनी सिकाउने ।

१४. मानिसहरूलाई कहिल्यै पनि उनीहरूको नराम्रो नामले नबोलाऊ भनी सिकाउने ।

१५. कसैको पनि मजाक नउडाऊ, अरूलाई जिस्क्याउने र समूहमा बसेर अरूलाई उडाउनु राम्रो होइन भन्ने कुरा सिकाउने ।

१६. विद्यालयमा कुनै नाटक वा एसेम्ब्ली बोरिङ छ भने पनि शान्तसँग बस्न र त्यसमा रुचि लिएको जस्तो गर्न सिकाउने । त्यसमा अभिनय गर्ने वा प्रस्तुति दिनेले सकेसम्म राम्रो गरिरहेका हुन्छन् भनेर बुझाउने ।

१७.तिमी कसैसँग ठोक्कियौ भने तुरुन्तै एस्क्युज मि (माफ गर्नुहोला) भन्ने गर भनी सिकाउने ।

१८. खोक्दा वा हाछ्युँ आउँदा आफ्नो मुख छोप्न र मानिसहरूको अगाडि नाक नकोट्याउन सिकाउने ।

१९. जब तिमी ढोका छेउमा हिँड्छौ तब अरु कसैलाई एक छिन ढोका खोलेर सहयोग गरिदिन सक्छौ भनेरु सिकाउने ।

२०. तिमी आमाबुवा, शिक्षक/शिक्षिका वा छिमेकीको अगाडि हिड्दै छौ र उनीहरू केही काम गरिरहेका छन् सहयोगको लागि सोध्ने गर । तिमीले यसरी काम गर्दा केही सिक्न पनि सक्छौ भनी सिकाउने ।

२१. आमाबुबाले केही गरिदिन आग्रह गर्नुहुन्छ भने नरिसाईकन मुस्कुराएर त्यो काम गर्नुपर्छ भनेर सिकाउने ।

२२. जब कसैले तिमीलाई सहयोग गर्छ भने उनीहरूलाई थ्याङ्क यु (धन्यवाद) भन्न नभुल । यसो गर्नाले अर्कोपटक पनि उनीहरू तिमीलाई सहयोग गर्न तयार हुन्छन् ।

२३. खाना खाने भाँडाहरू राम्रोसँग प्रयोग गर । तिमी त्यसलाई कसरी प्रयोग गर्ने भन्ने जान्दैनौ भने आफ्नो आमाबुबासँग सोध्न सक्छौ र ठूला मानिसहरूले कसरी प्रयोग गर्छन्  भनेर हेर्न पनि सक्छौ भनेर सिकाउने ।

२४ खाना खाने बेलामा आफ्नो काखमा एउटा न्यापकिन राख्ने गर र आवश्यक परेको बेलामा त्यसले आफ्नो मुख पुछ्ने गर भनी सिकाउने ।

२५ आफूले नभेट्ने ठाउँमा भएका सामानहरू आफैं झिक्ने प्रयास नगरी आमाबुबालाई त्यो सामान झिकिदिन आग्रह गर्नुपछृ भनी सिकाउने ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?