२२ जेठ, काठमाडौं । नेकपाका नेता डा. राजन भट्टराईले केरुङबाट काठमाडौंसम्म रेल ल्याउन कुराकानी भइरहेको बताएका छन् ।
परराष्ट्र मामिलाका जानकारसमेत रहेका भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा पनि यसबारे कुराकानी हुने बताए ।
मंगलबार रिपोर्टर्स क्लबको साक्षात्कारमा भट्टराईले भने, ‘हाम्रो प्रधानमन्त्रीले भनिसक्नुभएको छ कि हामी आन्तरिक स्रोतले बनाउन सक्ने अवस्थामा छैनौं । त्यसैले चीनले अनुदानमा बनाइदिएमात्रै काठमाडौंमा रेल आउँछ ।’
प्रधानमन्त्रीको अघिल्लो भ्रमणका बेला भएको १० बुँदे सम्झौता कार्यान्वयनलाई प्राथमिकता दिइने उनले बताए ।
चीन नेपालमा लगानी गर्न आतुर रहेको सुनाउँदै नेता भट्टराईले भने, ‘हामीले आन्तरिक रुपमा नीतिगत स्थायित्वबारे आश्वस्त पार्न सक्नुपर्छ, चूस्त नीति अपनाउनुपर्छ, र एक द्धार नीति अनुसार आकर्षक प्रस्तावहरु पेश गर्नुपर्छ, नेपालमा वैदेशिक लगानीको प्रशस्त संभावना छ ।’
प्रतिक्रिया 4