+
+

फेसबुक ट्वीटरको विकल्पमा नयाँ सोसल मिडिया खोल्ने घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २३ गते ११:५०


एकजना चर्चित इन्टरनेट व्यवसायीले फेसबुक तथा ट्वीटरको विकल्पका रुपमा उभिन सक्ने एउटा सोसल मिडिया प्लेटफर्म स्थापना गर्ने घोषणा गरेका छन् ।

मेगा अपलोड तथा मेगा जस्ता चर्चित क्लाउड कम्प्युटिङ कम्पनीका संस्थापक समेत रहेका किम डोक्टोमले फेसबुक र ट्वीटरलाई राज्यविरुद्धका गम्भीर अपराधीको संज्ञा दिँदै अब तिनीहरुको विकल्प खोज्ने बेला भएको बताएका छन् ।

ट्वीटरमा यसको घोषणा गर्दै उनले सीआर्इएका गोप्य सूचनाहरुको खुलासा गर्ने इडवार्ड स्नोडेन, विकिलिक्सका संस्थापक जुलियन असान्ज र जर्मन ह्याकर एसोसिएसन केओस कम्प्युटर क्लबलाई आफूसँग सहकार्य गर्न आव्हान गरेका छन् ।

डोक्टोम हाल अमेरिका सुपुर्दगीको विरुद्धमा न्युजिल्याण्डमा कानूनी लडाइँ लडिरहेका छन् । अमेरिकाले कपिराइट उल्लंघन तथा ठगीको अपराधमा अदालतमा पेश गर्नका लागि डोक्टोमलाई सुपुर्दगी गर्न न्यूजिल्याण्डसमक्ष आग्रह गरिरहेको छ ।

ट्वीटर भविष्यमा माइ स्पेस जस्तै अनलाइन घोस्ट टाउन बन्ने भविष्यवाणी गर्दै उनले गोपनीयताको वास्तविक तथा पूर्ण संरक्षणका साथै भरोसायोग्य स्राेत सामाग्रीमाथि शून्य सेन्सरसीप भएको वैकल्पिक सोसल नेटवर्क आवश्यक रहेको बताएका छन् ।

डोक्टोमले ट्वीटर अब मृत्युशैयामा पुगिसकेको छ भन्ने तर्क पेश गर्दै यस विषयमा आफ्ना ७ लाख ३२ हजार फलोअर्सकोसँग मत सर्भेक्षण गरेका थिए । त्यसमा सहभागी हुने २० हजार ट्विटर प्रयोगकर्तामध्ये ८९ प्रतिशत उनको तर्कसँग सहमत देखिएका छन् ।

सरे विश्वविद्यालयका साइबर सेक्योरिटी विज्ञ प्राध्यापक एलान उडवार्ड चाहिँ यो सबै विषय विश्वासको वरिपरि घुमेको बताएका छन् ।

‘के तपाइँ फेसबुक र ट्वीटर सञ्चालन गर्नेहरुलाई भन्दा किम डोक्टोम र जुलियन असान्ज आदिलाई विश्वास गर्न सक्नुहुनछ ?’, उनी प्रश्न गर्दछन् ।

फेसबुक र ट्वीटरजस्ता सोसल मिडियाहरु पछिल्लो समयमा बढ्दो तनावबाट गुज्रिरहेका र निकै पाठ सिकिरहेका भन्दै उनले नयाँ सोसल मिडियाहरुले पनि यसरी नै सिक्नुपर्ने उनको भनाइ छ ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?