+
+

कालोपुलमा युवतीको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७५ असार १३ गते १३:२०

१३ असार, काठमाडौं । ललितपुर–२ स्थित टेकुबाट सानेपातर्फ जाने कालोपुलमुनि एक युवतीको शव भेटिएको छ ।

महागनरीय अपराध अनुसन्धान महाशाखाका अनुसार अन्दाजी २२/२५ वर्ष उमेरकी युवतीको शव भेटिएको हो । शवको सनाखत हुन नसक्दा अनुसन्धानमा समस्या भएको प्रहरीले जनाएको छ ।

प्रहरीले शवको हुलिया बारे सूचना जारी गर्दै भनेको छ, ‘पातलो शरिर, अन्दाजी उचाई ५ फिट ३ ईन्च, कपाल कालो लामो, रातो ब्लाउज, खरानी रंगको हाफ सर्ट, कालो पाइन्ट लगाएकी, बायाँ हातको नाडीमा निलो मसीले आइ लभ यू लेखिएको मंगोलियन अनुहारकी युवतीको शव मृत अवस्थामा भेटिएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?