+
+

रानीपोखरी बनाउन र हरिभवन भत्काउन सँगै बोलपत्र

रासस रासस
२०७५ साउन १ गते १०:३५
फाइल तस्वीर

१ साउन, काठमाडौं । काठमाडौँ महानगरपालिकाले आगामी एक हप्ताभित्र हरिभवन भत्काउनका लागि बोलपत्र आह्वान गर्ने तयारी गरेको छ ।

हरिभवन भत्काउन र रानीपोखरी पुनःनिर्माणका लागि सँगै बोलपत्र आह्वान गरिने कामपाका सहप्रवक्ता नवराज ढकालले जानकारी दिए । पुनःनिर्माणको काम छिटो गर्नका लागि हरिभवन भत्काउन आह्वान गरिने बोलपत्र बढीमा एक महिनाको रहने पनि बताइएको छ ।

२०७२ साल बैशाखमा गएको विनाशकारी भूकम्पका कारण सुन्धारास्थित हरिभवन र रत्नपार्कमा रहेको रानीपोखरीलगायत धेरै ऐतिहासिक सम्पदामा क्षति पुगेको थियो ।

एक वर्षअघिनै कामपाले हरिभवन भत्काएर अर्को निर्माण गर्ने भन्दै आए पनि पुरातत्व विभागले रोक लगाएपछि उक्त काम अघि बढ्न सकेको थिएन ।

करीब १०० वर्षको इतिहास भएको तीनतलाको हरिभवनमा विसं २०६० देखि कामपाले नियमित आफ्नो कामकाज गर्दै आएको छ । अब तीन कालखण्डको प्रतिनिधित्व हुने गरी हरिभवन निर्माण गर्ने तयारी कामपाले गरेको छ ।

त्यसैगरी, करीब ४०० वर्षको इतिहास बोकेको रानीपोखरीको पुनःनिर्माण थालेपनि आधुनिक निर्माणको सामग्री प्रयोग भएको भन्दै चौतर्फी विरोध आएपछि बिचमा नै पुनःनिर्माणको काम रोकिएको थियो ।

पुनःनिर्माणको काम रोकिएको मात्र होइन, यसअघि निर्माणको समयमा प्रयोग भएको आधुनिक निर्माणको सामग्री पनि एक हप्ता अघि हटाइसकिएको छ । भूकम्पअघि जस्तोरुपमा रानीपोखरी रहेको थियो सोहीअनुरुप अब पुनःनिर्माण गरिने कामपाको भनाइ छ ।

 

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?