+
+

सगुनमा लगानीको अन्तिम अवसर

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन १ गते १७:०८


१ साउन, काठमाडौं । सगुनको मिनी आईपीओ बन्द हुन अब ९ दिनमात्रै बाँकी छ । यो क्लोजिङ राउन्डको मिनी आईपीओ भएकाले अवसरको सदुपयोग गर्न कम्पनीले आग्रह गरेको छ ।

सगुनका संस्थापक गोविन्द गिरी सगुनमा गरिने लगानीलाई इतिहासकै पहिलोपटक आएको अवसरका रुपमा ब्याख्या गर्छन् । त्यसैले पनि सगुनसँग नजिक रहेको नेपाली समुदायले यसलाई सदुपयोेग गर्नेमा विश्वस्त छन्, उनी ।

सगुनसँग अब मिनी आईपीओ रुपमा लगानीको अवसर दिने योजना हुनेे छैन । कानुनी रुपमा पनि त्यो जटिल रहेकाले लगानी गर्न पब्लिकलाई यो अन्तिम अवसर हुने गिरी बताउँछन् । अर्को पटक यहि मूल्यमा लगानी गर्न समेत नपाइने कम्पनीको भनाइ छ ।

यही अवस्थालाई बुझेर विश्वभरका लगानीकर्ताले सगुनमा आफ्नो लगानी राख्न निकै उत्सुकतापूर्वक कम्पनीसँग छलफल र अन्तरक्रिया गरिरहेको जानकारी उनले दिए । लगानीकर्ताले कम्पनीको अवस्थालाई हेरेर लगानी गरेमा त्यसले भविष्यमा राम्रो लाभ दिनसक्ने भनाइ उनको छ ।

अन्तिम मौका

‘हामी लगातार प्रगति गरिरहेका छौं । अब हामी यसपछि पब्लिकलाई लगानीको अवसर सायदै नै दिन्छौं,’ सगुन डटकमका संस्थापक गोबिन्द गिरीले भने, ‘अब हामी भेञ्चर क्यापिटलहरुबाट थप लगानी जुटाउँछौं । त्यसका लागि हामी अहिले ३५ भन्दा बढी विश्वविख्यात अलिबाबा लगायतका भेञ्चरसँग छलफलमा छौं ।’

गिरीकाअनुसार सगुन अहिले ३ वटा पक्षलाई समानान्तर रुपमा अघि बढाइरहेको छ । पहिलो प्रोडक्ट डेभलपमेन्ट एण्ड इनोभेसन । दोस्रो मार्केटिङ र ब्राण्डिङ । र, तेस्रो फन्ड रेजिङ ।

प्रोडक्ट डेभलपमेन्ट, इनोभेसन तथा ब्राण्डिङका लागि अर्को १८ महिनाको पूर्वयोजना सगुनले बनाइसकेको छ । त्यसका लागि आवश्यक पर्ने लगानी जुटाउन अहिले क्लोजिङ राउण्डमा मिनी आईपीओ मार्फत लगानी उठाइरहेका छ ।

जसमा विदेशमा बस्ने र विदेशमा बैंक खाता भएका जो सुकै नेपालीले पनि लगानी गर्न सक्ने छन् ।

‘यूएसको स्टार्ट-अप कम्पनीमा आफ्नो आम्दानीको १० प्रतिशतसम्म लगानी गर्ने अवसर सर्वसाधारणलाई पहिलोपटक आएको हो । अमेरिकी सेक्युरिटी एक्सचेन्ज कमिसन अन्तर्गतको कानुनले यो अधिकार दिएपछि हामीले यसअघि दुई चरणमा पब्लिकबाट इक्विटी उठायौं । अब हामी अन्तिम चरणमा पब्लिकबाटै लगानी उठाउँदै छौं,’ गिरी भनछन््, ‘यो अवसर नेपालीहरुले विशेष रुपमा पाउनुभएको छ । हामीले प्राथमिकतामा नै नेपालीलाई राख्यौं । अब केही दिन मात्र छुट्नु भएकाहरुलाई अवसर बाँकी छ ।’

उनले यस्तो लगानीमा केही जोखिम हुने कुरा स्वीकारे । तर, यदि कम्पनी नाफामा गए त्यसको रिर्टन पनि पव्लिकले नै पाउने भएकाले यो अवसर महत्वपूर्ण रहेको बताउँछन्, गिरी ।

स्टार्टअपमा भेञ्चरहरुले लगानी गर्दा अर्बपति अझै धनी बन्दै जाने र सानै भएपनि लगानी गर्न सक्ने पब्लिक भने गर्न सक्ने लगानी पनि थन्क्याएर बस्ने अवस्थाको अन्त्य सगुनले गरेको उनले बताए ।

सगुनले पहिलो राउन्डमै १.७ मिलियन डलरको लगानी जुटाएको थियो । त्यसपछि कम्पनीले विभिन्न प्रोडक्ट डेभलपमेन्टमा द्रुत गतिले काम गरिरहेको छ ।

लगानीको रिटर्न कसरी ?

संस्थापक गिरी अहिले लगानी गरेकाले केही वर्ष पछि रिर्टन पाउने बताउँछन् । उनकाअनुसार अहिले लगानी गरेकाहरुले आफ्नो लगानी अन्यलाई आफ्नो मूल्यमा सेयर हस्तान्तरण पनि गर्न सक्नेछन् । त्यसैगरी सगुनलाई भविष्यमा अन्य ठूला कम्पनीले खरिद गर्दा पनि नाफासहित आफ्नो लगानीको रिर्टन पाउन सक्छन् ।

‘भोलि हामीलाई फेसबुक, माइक्रोसफ्ट, अलीबाबा लगायतले पनि किन्न सक्छ । त्यसो भएमा पनि लगानीकर्ताले कमाउन सक्छन् । कसैको मार्केट हामीले डिस्टर्ब गर्‍यौं भने त्यो सम्भावना हुन्छ,’ गिरीले औल्याए, ‘हामी इकमर्ससँग पनि नजिक भएकाले त्यसो भएमा पनि लगानीकर्तालो राम्रो रिर्टन पाउँछन् ।’

कम्पनी हाल अन्य विकल्पमा भन्दा पनि बढी केहि बर्ष भित्रै अमेरिकी सेक्युरिटी एक्सचेन्जमार्फत आईपीओमा जाने सोचमा अघि बढेको छ । त्यतिबेला अहिलेका लगानीकर्ताले आफ्नो सेयर पब्लिकलाई बेच्न सक्ने गिरी बताउँछन् ।

‘स्र्टाटअपहरुले बजेट बनाउँदै त्यसअनुसार प्रोडक्ट बनाउने र मार्केटिङ गर्दै खर्च गर्ने संस्कृति र मान्यता अमेरिकामा स्थापित छ । त्यसैलेे सगुन पनि फन्ड रेजिङ गरिररहेको छ,’ गिरी भन्छन्, ‘एक दिन हामी आजका लगानीकर्तालाई राम्रो रिर्टन दिन सक्छौं भन्नेमा विश्वस्त भएर काम गरिरहेका छौं ।’

सन् २०२३मा कम्पनीको भ्यालु ५ देखि १० खर्बको बनाउने योजना सगुनको छ । त्यतिबेला अहिले इक्विटी पाएकाले फूल आईपीओमा पुगेर रिटर्न पाउनेछन् ।

स्टार्टअप बिजनेसकै रुपमा आएको फेसबुकले पनि निकै पछि मात्रै रिर्टन दिन सकेको स्मरण गराउँदै उनले सगुन भने नयाँ योजनाका साथ छिटो रिर्टन दिने गरी गरी अघि बढेको गिरीको दावी छ ।

सगुनले आफ्नो महत्वाकांक्षी योजना अन्तर्गतको सोसल स्मार्ट कार्डको परियोजना पनि सन् २०१८ भित्रै पाइलटिङका लागि भारत र नेपालमा सुरु गर्ने तरखरमा छ । ढिलोमा पनि सन् २०१९को पहिलो चौमासिकसम्म यो योजनाले मूर्त रुप पाउने गिरीको विश्वास छ ।

‘डिजाइनको काम अन्तिम चरणमा छ । कुन प्लेटर्फम, डेटाबेस प्रयोग गर्ने भनेर छलफलमा छौं । यसमा रिसर्च जरुरी छ । हामी सकेसम्म ब्लकचेन टेक्नोलोजीमा जाने योजना बनाइरहेकाले समय लागको हो ।

सगुनले ८ हजार सर्वसाधारणबाट लगानी जुटाउन सके सुरुआतमा सबैभन्दा धेरै लगानीकर्ता भएको कम्पनी बन्नेछ । विदेशमा रहेका नेपाली समुदायले लगानीमार्फत नेपालीबाटै प्रवर्द्धित कम्पनीमा लगानी गरेर लक्ष्यलाई भेट्टाउन सहयोग पुर्‍याउने विश्वास कम्पनीको छ । हाल ३५ सय भन्दा बढीले सगुनमा लगानी गरेका छन्। नेपाल भित्रबाट भने लगानी गर्न नपाए पनि विदेशमा रहि बैंक खाता भएका नेपालीहरुले भने लगानीको अवसर पाउनेछन् । अन्तिम समय भएकोले लगानीकर्ता बढी रहेका छन् ।

जोखिम मोले नाफा

विश्वमा बढ्दो सामाजिक सञ्जालको प्रयोगलाई उत्पादनशील बनाउने अवधारणामा सगुनलाई विकास गरिएको बताउँछन् संस्थापक गिरी । अमेरिकाको रक्षा मन्त्रालयको सिस्टम इन्जिनियरको जागिर छाडेर सगुनको विकासका लागि लागीपरेका गिरी प्रयोगकर्तालाई पनि आफ्नो सञ्जाल प्रयोग गरेबापत नाफाको ५ प्रतिशतसम्म दिने अवधारणामा यसलाई अघि बढाएको बताउँछन् ।

आफ्नै मौलिक विशेषता बोकेको सगुनले विश्वभरबाट नेपालीहरुलाई लगानीका लागि आह्रवान गरेको छ । यो कम्पनी सुरुआती अवस्थामा नै रहेका कारण यसमा लगानी गर्न थोरै जोखिम र धेरै सम्भावना रहेको संस्थापक गिरी बताउँछन् ।

सगुन इंकका संस्थापक गोविन्द गिरी

‘हाम्रोमा लगानी गर्न जोखिम हुन्छ । तर, हामी जस्ता नयाँ कम्पनीमा लगानी गर्दा यो राम्रो गतिमा जाँदा भने अहिले १ सय डलर लगानी गर्नेले ३ वर्षपछि १ मिलियन डलर कमाउन सक्छ,’ गिरीले भने, ‘तर, हामी कसैलाई भोलि कुनै भवितव्य भएर आफ्नो आर्थिक अवस्थामा नै बिग्रने गरी लगानी नगर्न चाहि भनिरहेका छौं । आफूले मोल्न सक्ने जोखिमको मूल्यांकन गरेर लगानी गर्दा राम्रो हुन्छ । लगानी डुब्ने जोखिम जति छ त्यो भन्दा बढी नाफाको सम्भावना छ ।’

लगानी गर्ने तरिका

कम्पनीले जारी गर्ने सेयरमा देश भित्रका नेपालीले भने लगानी गर्न सक्ने छैनन् । तर, विदेशमा बैंक खाता भएका नेपालीले भने चाहेको परिमाणसम्म सेयरमा लगानी गर्न पाउनेछन् ।

नेपालबाट भने विदेशमा लगानी लैजान नपाइने भएकाले विदेशमा रहने नेपालीले मात्रै यो अवसर पाइरहेका छन् । लगानी गर्न चाहनेलाई अधिकतम सीमा राखिएको छैन ।

लगानी गर्नका लागि निश्चित प्रक्रियाहरू छन्, जसलाई लगानीकर्ताले पुरा गर्नुपर्छ । विदेशमा कानुनसम्मत तरिकाले बसोबास गरेका र स्थानीय बैंकमा बैंक खाता खोलेका नेपालीले मात्र यसमा लगानी गर्न पाउँछन् ।

सेयरमा लागनी गर्न डब्लुडब्लुडब्लु डट सगुनडट कम/इन्भेष्ट मार्फत् आवेदन गर्न सकिने छ । कम्पनीले आवेदन गर्न समस्या पर्नेहरुलाई त्यहाँ रहेको लाइभ कलबाट पनि जानकारी लिन सक्नेछन् । पहिलो आवेदन गर्नेले माग गरेजति शेयर पाउने हँदा शुरुवातमै लगानी गर्नेले शेयर पाउने सम्भावना बढी हुने कम्पनीले जनाएको छ ।

‘हामीलाई विश्वास छ । यो अवसरलाई थाहा पाएका सम्मले खेर जान दिनुहुने छैन,’ संस्थापक गिरी भन्छन्, ‘हाम्रो टिमले निरन्तर गरेको मिहिनेतले एक दिन लगानीकर्तालाई राम्रो मुनाफा दिलाउँछ भन्नेमा हामी विश्वास गर्छौं ।’ साथै बिश्वभर छरिएका नेपालीहरुलाई एउटै मालामा जोड्दै नेपालीलाई सगुन मार्फत बिश्वलाई चिनाउन चाहन्छौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?