+
+

गोरखा दरवार पुनर्निर्माण : जग पूजा गरेपछि काम बन्द

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन ७ गते १३:२३

७ साउन, गोरखा । भूकम्पले क्षतिग्रस्त गोरखा दरवार पुननिर्माण सुरु भएको ९ महिना पुगिसक्यो, तर अझै जग हाल्न पनि सुरु भएको छैन ।

२०७४ कात्तिक महिनामा सुरु गरिएको पुननिर्माणको काम अहिले निर्माण सामाग्री अभाव देखाउँदै बन्द गरिएको छ । ‘गत वैशाख ७ गते जग पूजा गरियो, छिट्टै काम होला भनेको ठेकेदारले लापरवाहीले झन् ढिला हुदै गयो,’ गोरखा दरवार हेरचाह अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेलले भने, ‘अहिलेसम्म जगको कमजोर भाग बलियो बनाउन पाइलिङ गर्ने काम मात्र भएको छ ।’

अहिले करिव १५ दिनदेखि पुन काम रोकिएको उनले बताए । ठेकेदार सम्पर्कमा आउन नचाहेको उनको आरोप छ । ‘बारम्बार काम रोकिएको छ, ठेकेदार सम्पर्कमै आउदैन, यही गतिले काम हुने हो भने तोकिएको समयमा काम सक्न मुश्किल छ,’ उनले भने ।

काम ठप्प भएसँगै दरवार पुननिर्माणमा खटिएका कामदारहरु भूकम्प पीडितको घर बनाउन व्यस्त छन् । ‘यहाँ काम भएन भनेर वरपर भूकम्पले भत्किएको घर बनाउन कामदारहरु व्यस्त छन्, यहाँ शुरु भएपछि काम गर्न आउछु भनेका छन्,’ कट्टेलले भने ।

चार करोड ३७ लाख रुपैयाँ लागतमा पचली सिभाको जेभीसँग दुई बर्ष ६ महिना भित्र पुननिर्माणको काम सक्ने गरी २०७४ कात्तिक महिनामा ठेक्का सम्झौता भएको हो ।

तर काममा भएको ढिलाइका कारण तोकिएको समयमा दरवार पुननिर्माण हुन सम्भव नदेखिएको दरवार हेरचाह अड्डाका सूचना अधिकारी कट्टेल बताउँछन् । दरवार पुननिर्माण भए पनि भक्तजनलाई पुजाका लागि कुनै रोकतोक नभएको उनले बताए ।

‘अहिलेलाई त खासै समस्या छैन दशैको बेलामा भक्तजनको चाप बढी हुन्छ, फेरि सतार काट्ने लगायतका काम गर्न निकै समस्या हुने देखिएको छ,’ उनले भने ।

पुनर्निर्माणका लागि दरवार भत्काउने क्रममा जगको पूर्वपट्टीको भाग कमजोर देखिएपछि केही समय काम रोकिएको थियो । पुरातत्व विभागका प्राविधिक र विज्ञसहितको टोलीले अध्ययन गरेपछि जगलाई बलियो बनाउने काम शुरु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?