+
+

एनआरएनलाई राजनीतिक अधिकार दिनुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन १३ गते १९:५८

१३ साउन, बार्सिलोना । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गैर आवासीय नेपालीहरुलाई राजनीतिक अधिकारसहितको नागरिकता  दिनुपर्ने बताएका छन् ।

एनआरएनको ११ औं युरोपेली बैठकलाई आइतबार लम्जम्बर्गमा सम्बोधन गर्दै भट्टराईले ‘संविधानमा एनआरएनलाई आर्थिक,समाजिक,साँस्कृतिक अधिकार सहितको नागरिकता दिनुपर्ने उल्लेख गरेका छौ। राजनीतिक अधिकार दिने वा नदिने भन्ने प्रश्न छ तर मेरो व्यक्तिगत बिचार भन्नु हुन्छ भने राजनीतिक अधिकार पनि दिइनुपर्छ।’

उनले यो आफ्नो व्यक्तिगत विचार भएको भन्दै यसमा सहमति हुने वा नहुने आफूले भन्न नसक्ने बताए । तर उनले संविधानमा व्यबस्था भएको आर्थिक, सामाजिक,साँस्कृतिक अधिकार सहितको नागरिकताका दिलाउन र कानुन बनाउन अन्तिम समयसम्म लड्ने प्रतिबद्दता ब्यक्त गरे।

भट्टराईले थपे, ‘तपाईहरुलाई विदेशमा आर्जन गरेको धन, ज्ञान, सीप, प्रविधि नेपाल भित्र्याउन कसरी सजिलो हुन्छ, हामी त्यही व्यवस्था गर्न तयार छौं।’

मुलुकमा रोजगारी दिन नसकेर बाहिर पठाएका युवाहरुलाई मुलुक फर्केर केही गर्छु भन्दा ढोका बन्द गर्न नमिल्ने बताउदै उनले गैर आवासीय नेपालीहरुले गरेको प्रगतिको प्रशंसा समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?