+
+

बालापन संझदै अनुभव र सेड्रिना

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन २० गते १२:२७


भदौ ८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘नाई नभन्नु ल ५’को दोश्रो गीत सार्वजनिक भएको छ । शिर्ष गीतले चर्चा पाएपछि यसको निर्माणपक्षले मुख्य कलाकारद्धय अनुभव रेग्मी र सेड्रिना शर्माले नृत्य गरेका छन् ।

गीतमा बसन्त सापकोटाको संगीत, समिक्षा अधिकारीको स्वर छ । नयाँ गीत गाउनका लागि बाल आवाजको खोजी भैरहेको समयमा समिक्षासँग भेट भएको र उनलाई अवसर दिइएको निर्देशक विकासराज आचार्यले जानकारी दिएका छन् ।

हुनत, यो गीतमा चलचित्रका अन्य मुख्य कलाकार प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्कालाई पनि फिचरिङ गर्ने योजना यसको निर्माणपक्षको थियो ।

तर, तीनै जना कलाकार व्यस्त भएकाले २ बाल कलाकारलाई मात्र फिचरिङ गरिएको हो । चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् भने कवितराज गहतराजको यसमा कोरियोग्राफी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?