बलिउड नायिका प्रियंका चोपडा अमेरिकी गायक निक जोनससँग बिहेको तयारीमा छिन् । उनीहरुको केही दिनअघि ईंगेजमेन्ट भइसकेको छ ।
यद्यपि, यो जोडीले अहिलेसम्म बिहेको औपचारिक घोषणा गरेको छैन । यही बीचमा निक जोनस आफ्नो परिवारका सदस्यहरु लिएर मुम्बई आएका छन् । उनीहरुको लागि प्रियंकाको परिवारले १८ अगष्टमा भव्य पार्टी आयोजना गर्नेछ । र, यही समारोहमा निक र प्रियंकाको बिहेको औपचारिक घोषणा हुने सम्भावना रहेको बताइन्छ ।
उनीहरुको विवाह यसै वर्ष हुनेछ । तर, प्रियंकाले यो विवाहलाई पारम्परिक र गोप्य राख्न चाहेकी छन् । सानो समारोहम बिहे गर्ने उनको सोच छ । निकले पनि यसमा सहमति जनाइसकेका छन् । अहिले दुवै परिवार बिहेको चाँजोपाँजो मिलाउन व्यस्त रहेको बताइन्छ ।
बिहेकै लागि भनेर प्रियंकाले हालै सलमान खानको फिल्म ‘भारत’ बाट हात झिकेकी थिइन् । तर, त्यस लगत्तै उनले एक हलिउड फिल्ममा साइन गरिन् । सम्भवतः यो फिल्मको सुटिङ सकिएपछ उनले बिहे गर्नेछिन् । बिहेपछि बलिउडभन्दा हलिउडमै व्यस्त रहने प्रियंकाको योजना छ । बलिउडमा भने उनको पहिलेजस्तो डिमान्ड अहिले छैन ।
प्रतिक्रिया 4