+
+

कञ्चनपुरमा फेरि १० वर्षीया बालिका बलात्कृत

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २७ गते १७:०५

२७ भदौ, काठमाडौं । निर्मला पन्त बलात्कारपछि हत्या प्रकरण सेलाउन नपाउँदै कञ्चनपुरमा फेरि अर्की बालिका बलात्कृत भएकी छन् ।

महाकाली नगरपालिका–४, सुर्खेती टोलकी १० वर्षीय बालिका बलात्कृत भएकी हुन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीय ४० वर्षीय आइते सुनारलाई पक्राउ गरेको छ ।

घटनाबारे जानकारी प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय, दोधाराबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

धानबारीमा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?