+
+

सवारी दुर्घटना न्यूनिकरण गर्न प्रदेश १ मा सुशासन अभियान

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २८ गते १६:१३

२८ भदौ, विराटनगर । सवारीसाधन दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले प्रदेश १ का ६ जिल्लामा सुशासन अभियान लागू गरिएको छ ।

पहिलो चरणमा प्रदेशका मोरङ, सुनसरी, झापा, इलाम, धनकुटा र उदयपुरमा १० किलोमिटिर क्षेत्रको राजमार्गलाई बिकास गरी नमूनाको रुपमा सडक सुशासन अभियान लागू गरिएको हो ।

साथै नमूना राजमार्ग क्षेत्रभित्र पर्ने ६ बटा शहरलाईसमेत नमूना शहर बनाइने छ ।

मुख्यमन्त्री शेरधन राईको परिकल्पाना अनुसार मोरङको विराटनगरको मेनरोड र शुन्दरहरैचा, गछिया राजमार्ग, सुनसरीको इटहरी वुढीखोलादेखि रामधुनी झुम्का बजार, झापाको बिर्तामोडको मुक्तिचोकदेखि सुरुङगाको माइखोला पुललाई नमूना सडक निर्माण गरिने छ ।

यस्तै, इलामको किटेनी जोरकलमदेखि हर्कटे, धनकुटाको पात्लेखोलादेखि कागतै चोक र उदयपुरको गाईगाट बजारदेखि जलजले ढाटसम्मको १० किलो मिटर राजमार्ग क्षेत्रलाई नमूना सडक निर्माण गरी प्रदेश सरकारले सडक सुशासन अभियान संचालनको तयारी गरेको हो ।

जसमा ती राजमार्ग क्षेत्रभित्र समेटिने मोरङको विराटनगर, विराटचोक, सुनसरीको इटहरी बजार, झापाको लक्ष्मीपुर, विर्तामोड बजार, इलामको इलाम बजार, धनकुटाको भेडेटार बजार र उदयपुरको गाइघाट बजारलाई नमूना शहरको रुपमा बिकास गरिने छ ।

विराटनगरमा विहीबार सडक सुशासन तथा सुरक्षा बिषयक प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमको आयोजना गरी प्रदेश सरकारले स्थानीय तहसंगको सहकार्यमा यो कार्यक्रम सुचारु गरिएको हो ।

प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले प्रदेशका ६ जिल्लामा पहिलो पल्ट प्रयोगमा ल्याउन लागिएको सडक शुसासन अभियानका लागि तयार पारिएका सडकहरु आमा नागरिकले सबै प्रकारको सुरक्षाको अनुभूति दिलाउने खालका मापदण्डमा तयार पारिने जानकारी दिए ।

उनले १० किलो मिटिर राजमार्ग क्षेत्रसबै प्रकारको भय, सास्तीबाट मुक्त हुने खालका, सडकका स्तर पहिचान निर्धारण गरिन निर्माण गरिने बताए ।

‘हाम्रो अभियान मुख्यतय सडक दुघटनाको भयावह अहिलेको स्थितिलाई कसरी अन्त्य गर्न सकिन्छ भन्ने तर्फ केन्दि्रत छ, मुख्य मन्त्री राईले भने, ‘सोही अनुसार ६ स्थानमा तयार परिएका राजमार्ग क्षेत्र नमूनाको रुपमा सबै प्रकारले उपयोगी राजमार्ग निर्माण गर्ने तर्फ प्रदेश सरकारको ध्यान जानेछ । त्यो राजमार्ग फाराकिलो, सफा, भयत्रासमुक्त हुनेछ ।’

मुख्यमन्त्री राईले राजनैतिक परिर्वतनका लागि चलेको आन्दोलन र लडाइमा भन्दा पनि दोब्बर संख्यामा नागरिकले सडक दुर्घटनामा मृत्युवरण गर्नु परेको र त्यातिर्कै मात्रामा घाइते भएको तथ्याङ रहेको बताए ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले सडक दुर्घटनाका अबस्था भयावहको स्थिति रहेपनि समिति स्रोतसाधनको अधिकत्तम उपयोग गरी सडक सुशासन अभियान सफल हुनेमा दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?