२ असोज, मोरङ । ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाललाई छाड्न अदालतले आदेश दिएको छ ।
उच्च अदालत, मोरङले मंगलबार उनलाई साधारण तारेखमा छोड्न आदेश दिएको हो । न्यायधिश नगेन्द्रलाल कर्ण र थिरबहादुर कार्कीकाे इजलासले उनलार्इ छाड्ने अादेश दिएको अदालतले जनाएको छ ।
साढे ३३ किलो सुन तस्करी प्रकरण र सनम शाक्य हत्याबारे अनुसन्धान गर्न गठित उच्च स्तरीय समितिले गरेको अनुसन्धानका क्रममा सुन तस्करीको विवरणसहितको रजिष्टर बरामद गरेको थियो, जहाँ ४२१ पटक विभिन्न परिणाममा सुन तस्करी भएको खुलेको थियो ।
मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’को नेतृत्वमा साढे ४ वर्षमा झण्डै ३८ क्वीन्टल सुन तस्करी भएको निष्कर्ष समेत निकालिएको थियो । त्यसक्रममा रजिष्टरको एउटा पन्नामा एसपी खनालले दुई पटक गरेर ५० लाख रुपैयाँ लिएको भेटिएको थियो ।
यो पनि, विमानस्थलबाट ४२१ पटक सुन भित्रिएको रेकर्ड, कुन प्रहरी अधिकारीले कति लिए ? (सूचीसहित)
रजिष्ट्ररमा सुन ल्याउने व्यक्तिको नाम, परिणाम, ल्याएको व्यक्तिको नाम र भरियाको नाम समेत थियो।
सुन तस्करको समूहले तत्कालिन विमानस्थल प्रहरीको सिङ्गो सेटसँगै सेटिङ मिलाएको सह-सचिव र्इश्वरराज पौडेल नेतृत्वको समितिले दाबी गरेको थियो। प्रहरीसँग सेटिङ मिलाउन मात्रै कुल २ करोड २० लाख ७७ हजार रुपैयाँ खर्च भएको दाबी गरिएको थियो।
प्रहरीलाई बुझाएको रकमको विस्तृत विवरण समूहले एउटा डायरीमै उल्लेख गरेको भेटिएको थियो ।
प्रकरणमा मुछिएका एसएसपी दिवेश लोहनी र डिएसपी प्रजित केसीलार्इ यसअघि नै अदालतले छाड्ने अादेश दिइसकेको छ ।
हेनुस् प्रहरीलार्इ बुझाइएको रकमको विवरण
प्रतिक्रिया 4