+
+

लागुऔषध गाँजासहित वृद्ध पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ९ गते ९:२०

९ मंसिर, सिरहा । लागुऔषध गाँजासहित प्रहरीले सिरहाको नरहा गाउँपालिकाबाट एक वृद्धलाई पक्राउ गरेको छ । लागुऔषध दुई किलो गाँजासहित नरहा गाउँपालिका–५ नरहा निवासी ७० वर्षीय सिताई यादव भन्ने सीताराम यादवलाई शनिबार पक्राउ गरिएको हो ।

गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले यादवको घरमा तलासी गर्दा प्लास्टिकको झोलामा लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै वन कर्मचारीको गस्ती टोलीले शनिबार साँझ सिरहाको लहान नगरपालिका–१५ स्थित ढोढनाबाट १७ थान सखुवाको चिरान काठ बरामद गरेको छ ।

चुरे जङ्गलबाट तस्करी गरी लुकाई छिपाई राखेको सूचनाका आधारमा डिभिजनल वन कार्यालय लहानका सहायक वन अधिकृत अमरेन्द्रकुमार यादवको नेतृत्वमा खटिएको टोलीले १७ थान सखुवा चिरान काठ बरामद गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?