+
+

श्रीमती हत्याका आरोपी ५ वर्षपछि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ११ गते १८:४१

११ मंसिर, महोत्तरी । आफ्नै श्रीमती हत्या गरी फरार रहेका महोत्तरी भंगाह नगरपालिका ९ का कौशलकिशोर साह पक्राउ परेका छन् ।

२०७० भदौ १८ गते राति श्रीमती सञ्जुदेवी साहको हत्या गरी फरार रहेका उनलाई पक्राउ गरिएको प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले जानकारी दिए ।

पक्राउ परेका साहले श्रीमतीको हत्या गरी शवलाई घाटी, हात, पाखुरा काटी टुक्रा टुक्रा बनाई जमिनमा गाडी फरार रहेका थिए ।

हत्या भएको पाँच बर्षपछि साहलाई जनकपुर उपमहानगरपालिका जिरोमाइलमा टेम्पु चलाइरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?