२६ मंसिर, काठमाडौं । भारत मध्यप्रदेशको विधानसभा चुनावको परिणाम आएको छ तर, कुनै पनि पार्टीले बहुमत ल्याउन सकेनन् । चुनावी परिणामपछि मध्यप्रदेशका वर्तमान मुख्यमन्त्री एवम् भाजपाका नेता शिवराज सिंह चौहानले राजीनामा दिने घोषणा गरेका छन् ।
२३० सिट भएको मध्यप्रदेश विधानसभामा साधारण बहुमतका लागि ११६ विधायक चाहिन्छ । कांग्रेसलाई दुई सिट पुगेन भने कांग्रेसले भन्दा धेरै भोट पाएर पनि भारतीय जनता पार्टी (भाजपा) १०९ सिटमा समेटियो । कांग्रेस ११४ सिट आफ्नो पक्षमा पार्न सफल भएको छ ।
चुनावी परिणामपछि पहिलो पटक बोलेका मुख्यमन्त्री शिवराज चौहानले चुनावी हारको जिम्मा लिएका छन् र कमलथाथ र ज्योतिरादित्य सिंघियालाई बधाइ दिएका छन् ।
भाजपा नेता चौहानले भने, ‘कसैले प्रष्ट बहुमत पाएको छैन । भाजपाले भोट धेरै पाएपनि संख्यामा पछाडि रहृयो । म संख्याको बलसामू शिर झुकाउँछु । म राज्यपाललाई राजीनामा बुझाउन जाँदैछु ।’
अर्कोतिर कांग्रेसका वरिष्ठ नेता दिगविजय सिंह र कमलनाथ मध्य प्रदेशका राज्यपाल आनन्दीबेन पटेललाई भेट्न गएका छन् । सो भेटमा कांग्रेस नेताहरुले सरकार बनाउने दाबी पेश गर्नेछ ।
प्रतिक्रिया 4