२६ मंसिर, पाँचथर । पाँचथरको याङवरक गाउँपालिकामा एउटा बन्दुक बनाउने कारखाना फेला परेको छ ।
विशेष सुराकको आधारमा प्रहरी चौकी फलैचाबाट खटिएको टोलीले गाउँपालिकाको वडानम्बर-३ को ओयाम भन्ने ठाउँमा कारखाना नै सञ्चालन भएको पत्ता लगाएको हो ।
६० वर्षीय शान्ताबहादुर बिकको घरमा रहेको आरनमा बन्दुक बनाउने गरेको पाइएको प्रहरीले जानकारी दिएको छ ।
आरनबाट ५ नाल भरुवा बन्दुकको पार्टपूर्जासहित हिलिहाङ गाउँपालिका-५ का ४८ वर्षीय बुद्धिमान बिकलाई प्रहरीले पकाउ गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4