
१० माघ, काठमाडाैं । साहित्यकार तथा समालोचक प्राध्यापक मोहनराज शर्माको बुधबार राति निधन भएको छ । नेशनल हस्पिटल कलंकीमा उपचारको क्रममा ८१ वर्षको उमेरमा निधन भएको हो । उनी मदन पुरस्कार विजेतासमेत हुन् ।
समालोचक शर्माले त्रिभुवन विश्वविद्यालयमा लामो समय प्राध्यापन गरेका थिए । उनीकथा र उपन्यास राम्रो समालोचक मानिन्छन् । उनका तीन छोराको पहिल्यै मृत्य भएको थियो ।
वनारसमा अध्ययन सकेर झापा हुँदै नेपाल प्रवेश गरेका शर्माका ‘कोर्रा’ कथा संग्रह, ‘जेमन्त’ र ‘यमा’ नाटक संग्रहलगायत प्रकाशित छन् । उनले समलिंगी जोडीमा लेखेको उपन्यास ‘सलिजो’ निकै चर्चामा आएको थियो ।
अष्ट्रेलियाबाट कान्छो छोरा फर्किएपछि दाहसंस्कार गर्ने पारिवारिक स्रोतले बतायो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4