+
+

भीडमा जम्प गरेपछि रणवीरले माफी मागे

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ २३ गते ११:५९

नायक रणवीर सिंह अहिले करिअरको सुखद मोडमा छन् । उनले अभिनय गरेका चलचित्रले बक्स अफिसमा धमाल मच्चाएपछि उनी अहिले हर्षित छन् । रणवीर आफ्नो फरक खालको पहिरन र फ्यानमाझ गर्ने विभिन्न खालका गतिविधीले पनि चर्चामा रहेका हुन्छन् ।

उनै रणवीर आफ्नो नयाँ चलचित्र ‘गली ब्वाई’को प्रमोशनका क्रममा छन् । तर, यो चलचित्रको प्रमोशनको क्रममा उनले गरेको एउटा क्रियाकलापले उनको चर्को आलोचना भएको छ । साउथ मुम्बइमा आयोजित चलचित्रको गीत सार्वजनिक कार्यक्रममा रणवीर फ्यानको भीडमा जम्प गरेका थिए । उनको यो शैलीलाई फ्यानहरुले केटाकेटी शैली भनेर टिप्पणी गरेका छन् ।

यता, मुम्बइमा आयोजित लाक्मे फेसन विकमा पनि उनी फ्यानमाझ जम्प गरेका थिए । सो समयमा एक यूवती घाइते भएकी थिइन् । रणवीरले यूवती घाइते भएपछि माफी मागेका छन् । माफी माग्दै उनले आफूलाई सधै माया गर्न आग्रह पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?