+
+

कस्ता बच्चा जीवनभर खुसी र सुखी रहन्छन् ?

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १३ गते १५:०२

संसारका ति तमाम आमाबुवा, जो छोराछोरीको खुसीको खातिर आफ्नो दुःख लुकाउँछन् । जीवनभर उनीहरुले जे-जति गर्छन्, भोलि हुर्कने छोराछोरीका लागि गर्छन् । स्वभाविक हो, आमाबुवालाई छोराछोरीको भविष्यप्रति चिन्ता हुनु ।

आमाबुवा चाहन्छन्, मेरा छोराछोरीले दुःख झेल्न नपरोस् । मेरा छोराछोरीले कष्ट खेप्न नपरोस् । मेरा छोराछोरीले अपमान सहन नपरोस् । मेरा छोराछोरीले अभाव महसुष गर्न नपरोस् । मेरा छोराछोरी समस्यामा फस्न नपरोस् ।

आमाबुवाको सदिक्षा हुन्छ, मेरा छोराछोरीको ओंठमा मुस्कान सधै रहिरहोस् । उनीहरु सधै खुसी र सुखी होस् ।

यसैका खातिर त धेरै आमाबुवाले छोराछोरीको नाममा बैंक ब्यालेन्स गरिदिन्छन् । धनदौलत जोडिदिन्छन् ।

तर, धन दौलत वा भौतिक साधनको पर्याप्तताले नै छोराछोरीको भविष्य उज्वल हुन्छ ? पक्कै हुँदैन । धन दौलत त केवल साधन हुन् । त्यसको समूचित प्रयोगबाट लाभ मिल्ने हो । छोराछोरीलाई सधै सुखी र खुसी देख्न चाहने हो भने उनीहरुमा सीप विकास गरिदिनुपर्छ । उनीहरुलाई सम्पति दिने होइन, बरु सक्षम तुल्याउनुपर्छ ।

परिस्थितिको सामना गर्न सिकाउने

सधैभरी खुशी हनु जत्तिको राम्रो अरु के होला ? तर कहिलेकाही जीवनमा यस्ता परिस्थितिहरु पनि आइदिन्छन्, जसलाई हामीले चाहेर नर्कान सक्दैनौ ।

बालबालिकालाई सानै उमेरदेखि यस्ता परिस्थितिको सामना गर्न सिकाएर तथा यस्ता परिस्थितिमा कसरी आफूलाई प्रस्तुत गर्ने भन्ने सिकाएर पनि यो परिस्थितिबाट बाहिर निकाल्न सकिन्छ । जसले गर्दा उनीहरु जवीनभर खुशी र सुखी रहन सक्दछन् ।

पुर्नप्रयोग (रिसाइक्लिङ)

विभिन्न सामानको पुर्नप्रयोग गरे पनि हामी पर्यावरणलाई स्वस्थ राख्न मद्दत गर्छौ । यसबाहेक, पुर्नप्रयोगले बालबालिकालाई सिर्जनात्मक हुन तथा साइकोमोटि्रसिटी हुन सिकाउँछ । उनीहरुलाई यसले ज्ञान दिन्छ, आˆनो कला कौशलतालाई लागु गर्न लाखौ रुपैयाँ खर्चनु पर्दैन । यही कुरालाई मध्यनजर गरेर स्पेनका स्कुलहरुमा पुर्नप्रयोगलाई विशेष महत्व दिइने गरिन्छ ।

खाना पकाउन

खाना पकाउदा बालबालिकालाई समावेश गरेर हामी आफू र बच्चाबीच सुमधुर सम्बन्ध कायम गर्न सक्दछौ । विशेषगरी, जब उनीहरुलाई खाना तयार पार्दा सँगै राख्छौ, तब उनीहरुलाई खानाको महत्वबारे थाहा हुन्छ  र उनीहरु जंकफुडको सेवन कम गर्छन् । त्यसैले, खाना पकाउँदा प्रत्येक खानाको महत्वबारे उनीहरुलाई बताउनोस् ।

पैसाको वचत

जति जति मानिस ठूलो हुँदै जान्छ, उनीहरुमा आर्थिक जिम्मेवारी पनि बढ्न थाल्छ । त्यस्तो अवस्थामा हामीले रकमको व्यवस्थापन सही तरीकाले नगर्ने हो भने हामीले जिवनमा ठूलो भुल गर्न सक्छौ । त्यसैले, बच्चाहरुलाई सानो बेलादेखि नै पैसाको महत्वबारे बुझाउनु र पैसाको वचत गर्न सिकाउनु प्रत्येक अभिभावकको कर्तव्य हो ।

दोश्रो भाषाको ज्ञान

एक अध्ययनले जनाए अनुसार दोश्रो भाषाको राम्रो त्रान हुने बालबालिका जुनसुकै परिस्थितिमा पनि आफूलाई सजिलै ढाल्न सक्छन्, उनीहरुको स्मरण शक्ति पनि तिक्ष्ण हुनुका साथै उनहीलाई शब्दको ज्ञान पनि अन्य व्यक्तिभन्दा राम्रो हुन्छ ।

त्यतिमात्र हैन, अन्य भाषाको ज्ञान भएमा बालबालिकालाई सम्बाद गर्न समस्या हुँदैन र विश्वका जुनसुकै कुनामा गएरपनि उनीहरुले आफ्नो भविष्य आफै बनाउन सक्छन् । क्यानाडास्थित रोटमन रिर्सच इन्टिच्यूटले यो पनि प्रमाणित गरिसकेको छ कि दुई वा दुई भन्दा बढी भाषा बोल्ने मानिसमा अल्जाइमरको समस्या ढिलो गरी हुने गर्छ ।

पौडी

जुनसुकै शारीरिक गतिविधिले पनि बालबालिकालाई स्वस्थ राख्न मद्दत गर्छ ।  तर पौडीको विशेषता के हो भने यसले भवियष्मा जुनसुकै विषम परिस्थितिबाट बच्चालाई कसरी आˆनो बचाव गर्ने भनेर सिकाउने बाहेक, उनीहरुलको खुट्टा बलियो बनाउनुका साथै दिमाग र शरीरबीच कसरी तालमेल बनाउने भन्ने कुरा सिकाउछ ।

अमेरिकाको रकभिलस्थित नेशनल लाइब्ररी अफ मेडिसिनमा अवस्थित नेशनल सेन्टर अफ बायोटेक्नोलोजीले जनाए अनुसार  पौडीले दिमागलाई लामो समयसम्म स्वस्थ राख्न समेत मद्दत गर्छ ।

वाद्यवादन सिकाउने

जर्नल अफ न्युरोसाइन्समा प्रकाशित एक अध्ययन अनुसार विभिन्न वाद्यवादनको प्रयोगले बालबालिकाको बालबालिकाको सुन्ने क्षमता बढ्ने गर्छ र बुढेसकालसम्म पनि मस्तिष्कको कार्य क्षमता दुरुस्त रहने गर्छ ।

यसको कारण के हो बजे जब हामी वाद्यवादन गर्छौ, हाम्रो मस्तिष्कको केही कोषिका सकि्रय हुन थाल्छ । त्यस्तै, वद्यवादनकै कारण ठूलो हुदाँसम्म पनि उनीहरुले आफूलाई राम्ररी प्रस्तुत गर्न सक्छन् ।

नाचगान

कार्लस्टाड विश्वविद्यालयले गरेको एक अध्ययन अनुसार नाचगानले हाइपर एक्टिभ बालबालिकाको प्रदर्शनमा निकै सुधार ल्याउँछ ।  नाचगानले उनीहरुलाई आˆनो शरीरद्धारा कुनै पनि कुरालाई राम्ररी व्यक्त गर्न मद्दत

गर्छ भने संगीतले उनीहरुलाई सिर्जनात्मक हुन, सामाजिक हुन तथा आत्मबल बढाउँछ । नाचगानले बच्चहरुलाई विभिन्न कला संस्कृतिबारे अवगत हुन तथा फराकिलो विचारधारा कायम राख्न सहयोग पुर्‍याउँछ ।

सरसफाईमा ध्यान

जीवनमा सरसफाईको विशेष महत्व हुन्छ । यो जीवनको अधि्भन्न अंग पनि हो ।  बच्चाहरुले आपलूलाई जति छिटो सफा सुधर राख्न सिक्यो उनीहरु त्यति नै धेरै स्वस्थ रहन्छन् । त्यसैले त, जापानमा आˆनो स्कुल र कक्षाकोठा सफा गर्नुलाई स्कुलहरुले आˆनो पढाईमै समावेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?