+
+

नालामा खस्न लागेको बैंकिङ प्रणालीको उद्दार गरियो : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २१ गते १९:१४

२१ फागुन, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल राष्ट्र बैंकले विशेष चासो दिएका कारण ब्याजदर सहज भएको बताएका छन् ।

मंगलबार चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा गर्दै अर्थमन्त्री खतिवडाले राष्ट्र बैंकले चासो नदिएको भए बैंकको ब्याजदर आकासिने बताएका हुन् । उनले बैंकिङ प्रणाली नालामा खस्न लागेको बेला उद्दार भएको समेत बताए ।

बैंकिङ क्षेत्र नालामा खस्नै लागेका बेला सडकमा ल्याउन खोज्नु कुनै गल्ती नभएको मन्त्री खतिवडाले बताए । ‘राष्ट्र बैंकले चासो नदिएको भए निक्षेपको ब्याजदर औसतमै १२ प्रतिशत पुग्ने थियो’, अर्थमन्त्री खतिवडाले भने, ‘यसमा राष्ट्र बैंकले चासो दियो र सहज भयो ।’

मनत्री खतिवडाले ब्याजदरमा हस्तक्षेप गर्न नसकिने समेत बताए । अर्थतन्त्रका मूख्य तिन सूचकहरु हुने भन्दै उनले तिनै सूचकहरुलाई सरकारले नियन्त्रण गर्न नमिल्ने बताए ।

अर्थतन्त्रका तीन सूचकहरु मूल्यवृद्धि, बैंक तथा वित्तीय संस्थाको ब्याजदर र विदेशी विनिमय दर सरकार मध्ये कुनै दुईलाई नियन्त्रण गर्न सक्ने भए पनि सबै नसक्ने बताए । तिन सूचक मध्ये एउटालाई बजारको जिम्मा लगाउनु पर्ने उनको भनाइ छ ।

पछिल्लो समय कर्जाको माग अत्यधिक भएको र यसलाई सकरात्मक रुपमा लिनुपर्ने समेत अर्थमन्त्री खतिवडाले बताए । उनले भने, ‘कर्जाको माग कसरी बढ्यो भन्ने कुरामा ध्यान दिनु पर्यो, आर्थिक क्रियाकलाप सुस्त भएको भए कर्जाको माग कसरी बढ्थ्यो ?’

५० प्रतिशत रकम तिरेर गाडी बढ्न पाउनु पर्ने, कर्जाको ब्याजदर थोरै हुनु पर्ने, आर्थिक वृद्धि ७ देखि ८ प्रतिशत हुनुपर्ने लगायतमा कतै न कतै कम्प्रमाइज गर्नु पर्ने अर्थमन्त्री खतिवडाको धारणा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?