+
+

सिके राउतसँगको सहमति खारेज गर्न विवेकशील साझाको माग

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २८ गते १७:३९

२८ फागुन, काठमाडौं । विवेकशील साझा पार्टीले सिके राउत र सरकारबीच भएको ११ बुँदे सहमति खारेज गर्न माग गरेको छ ।

सहमतिले व्यापक अन्योल सिर्जना गरेको र राउत समूहले यसको उलंघन गरेको भन्दै विवेकशील साझाले खारेज गर्न माग गरेको हो ।

‘सहमतिको लगत्तै सहमतिको ठाडै उलंघन गरेर राउत समूहले देखाएको रवैया र उनीसँग भएको सहमतिले सृजना गरेको व्यापक अन्यौलका कारण सो सहमति खारेज गर्न विवेकशील साझा पार्टी नेपाल सरकारसंग जोडदार माग गर्दछ’ प्रवक्ता सूर्यराज आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘ अन्यथा यसले निम्त्याउन सक्ने जटिलताको जिम्मेवारी स्वयं सरकारले लिनुपर्ने कुरामा समेत हामी सरकारलाई सचेत गराउन चाहन्छौं ।’

सरकारसँग ११ बुँदे सहमति गरेको भोलिपल्टै राउतका कार्यकर्ताले ‘स्वतन्त्र मधेस’ लेखेको झण्डासहित प्रदर्शन गरेका थिए । सहमतिको मसी पनि सुक्न नपाउँदै गत आइतबार जनकपुरमा राउत समूहले गरेको गतिविधि नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र राष्ट्रिय एकताको बर्खिलापमा रहेको उक्त पार्टीले बताएको छ ।

विवेकशील साझाले अगाडि भनेको छ ‘११ बुँदे सहमतिमा प्रधानमन्त्री स्वयंको बहकाउपूर्ण अनावश्यक संलग्नता, पर्याप्त गृहकार्यको अभाव र सहमतिमा प्रयोग गरिएको आपत्तिजनक भाषाशैलीले सरकारको चरम लापरवाही र गैरजिम्मेवारीपन उजागर भएको छ। यस्ता विषयहरूमा भविष्यमा गम्भीरता प्रदर्शन गर्न पनि विवेकशील साझा सरकारसँग आग्रह गर्दछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?