
८ चैत, काठमाडौं । इराकको मोसुल शहरस्थित टिगरिस नदीमा एक डुंगा डुब्दा कम्तिमा ९२ जनाको मृत्यु भएको छ । इराकको स्वास्थ्य मन्त्रालयले ९२ जनाको शव प्राप्त भएको र अन्य व्यक्तिहरु वेपत्ता रहेको जानकारी दिएको सीएनएनले लेखेको छ ।
डुंगामा २ सय जनाभन्दा बढी सवार थिए । उनीहरु सबै घुम्नका लागि एक पर्यटकीय आइल्याण्डमा जाँदै थिए तर यी कसैलाई पनि पौडिन आउँदनथ्यो ।
यद्यपि अधिकारीहरुले नदीमा पानीको बहाव बढेको भन्दै पहिल्यै चेतावनी जारी गरेका थिए । अधिकारीहरुका अनुसार मोसुल बाँधको ढोका खोलिदिएका कारण जलस्तर बढेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4