+
+

ढिस्कोले पुर्दा स्काभेटर चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १८ गते २०:२४
१८ चैत, बुटवल । पाल्पाको रामपुरमा सडक खन्ने क्रममा ढिस्कोले पुरिएर स्काभेटर चालकको मृत्यु भएको छ ।
कालीगण्डकी करिडोर अन्तर्गत रामपुर नगरपालिका–१ स्याउली बजार नजिकै सडकमाथिबाट ढिस्को खसेपछि पुरिएर बाँकेको बागेश्वरी गाउँपालिका–४ बस्ने ४३ वर्षीय भकबहादुर थापाको मृत्यु भएको हो ।
सडकमाथिबाट खसेको माटोको ढिस्कोले लागेर घाइते थापाको उपचारका लागि रामपुर अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख भुपालसिंह रानाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?