+
+

रेनशा र प्रज्ज्वलले गरे इन्गेजमेन्ट, वैशाख २४ मा बिहे

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ८ गते १६:१३

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका निर्माता प्रज्ज्वल शमशेर जबरा र निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राइले इन्गेजमेन्ट गरेका छन् । उनीहरुले काठमाण्डौको एक होटलमा आयोजित कार्यक्रममा आफन्तका विचमा इन्गेजमेन्ट गरेका हुन् ।

उनीहरुले बैशाखको २४ गते बिबाह गर्दैछन् । रेनशा वान्तवा राई र प्रज्ज्वलको प्रेम सम्बन्ध फक्रिएको लामो समय भैसकेको छ । आइकोर फिल्मस्का मालिक समेत रहेका प्रज्ज्वलले नयाँ २ चलचित्र निर्माणको तयारी समेत गरेका छन् ।
जसमध्ये, रेनशाकै निर्देशनमा बन्न लागेको चलचित्र ‘आई एम ट्वान्टी वान’को छायांकन दुइको बिहेपछि सुरु हुनेछ । यसपछि, चलचित्र ‘मेरो एउटा साथी छ २’ बन्नेछ ।

रेनशाले चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’बाट चलचित्र निर्देशन यात्रा सुरु गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?