Comments Add Comment

‘एक था टाइगर’को तेश्रो सिरिज बन्ने

बलिउडको सफल चलचित्र ‘एक था टाइगर’ भन्ने वित्तिकै नायक सलमान खानको नाम अगाडि आउँछ । सलमान खान स्टारर यो चलचित्रले बक्स अफिसमा धमाका पिटेको थियो । उक्त चलचित्रको सफलतापछि त्यसको दोस्रो भाग ‘टाइगर जिन्दा हे’ निर्माण भयो । उक्त चलचित्रले पनि बक्सो अफिसमा तहल्का मच्चायो ।

अब भने यसको तेस्रो भाग निर्माण हुने भएको छ । निर्देशक अली अब्बास जफरले यो कुराको खुलासा गरेका हुन् । उनले एक अन्तर्वार्तामा आफूहरु टाइगरको तेस्रो भाग निर्माण गर्न लागेको बताएका छन् । उनले भनेका छन्–‘हामीले लगभग स्टोरी फाइनल गरिसकेका छौँ । यो चलचित्रलाई लिएर म र सलमान दुबै निकै उत्साहित छौँ ।’ निर्देशक अलीले यो चलचित्र पुरानो दुई चलचित्र भन्दा अझै राम्रो हुने बताए ।

अहिले अलीको निर्देशन तथा सलमान खान अभिनित चलचित्र ‘भारत’ रिलिजको तयारीमा छ । यो बर्षको इदमा यो चलचित्र रिलिज हुनेछ । यो चलचित्रको रिलिज पश्चात् टाइगरको तेस्रो भाग लेख्न सुरु गर्ने अलीले बताएका छन् ।

सलमान भने हाल चलचित्र ‘दंबग ३’को छायांकनमा व्यस्त छन् । ‘दबंग ३’ पश्चात् सलमान संजयलीला भन्सालीको चलचित्र ‘इन्शाअल्ला’मा व्यस्त हुनेछन् । यी दुई चलचित्र पश्चात सलमानले टाइगरको तेस्रो सिरिजमा समय दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment