+
+

प्रवासी नेपाली एकता समाजको अधिवेशनमा सहभागी हुन राप्रपा महामन्त्री लिङ्देन युएईमा

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १८ गते ११:४७

युएई । राष्ट्रिय प्रजातन्त्र पार्टीका  महामन्त्री तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देन बुधबार युएई आएका छन् ।

राप्रपाको प्रवासी भातृ संगठन प्रवासी नेपाली एकता समाजको प्रथम अधिवेशनमा सहभागी हुन लिङ्देन युएई आएका हुन् । लिङ्देनसहित राप्रापा विदेश विभाग प्रमुख विजय खड्का, प्रदेश ५ का अध्यक्ष प्रदीपकुमार उदय र राजाराम बड्तौला कार्यक्रममा सहभागी हुन युएई  हुन् ।

युएई  आएका उनीहरूलाई बुधबार राप्रपाका प्रवासी नेता तथा कार्यकर्ताले आबुधाबी एयरपोर्टमा स्वागत गरेका थिए ।

एकता समाजको अधिवेशन शुक्रबार दुवईमा हुँदैछ । अधिवेशनले प्रवासी नेपाली एकता समाज युएईको नेतृत्वसमेत चयन गर्ने राप्रपा निकट विश्व देव शाहीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?