
गायक कृशल कँडेल र मिनराज पौडेलको आवाजमा ‘बरिलै’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । यो गीतको भिडियोमा कृशल र मिनराजको साथमा मोडल करिश्मा ढकालले मोडलिङ गरेका छन् । नृपेश उप्रेतीको शब्द तथा संगीत रहेको गीतको भिडियोलाई प्रविण थापाले निर्देशन गरेका हुन् ।
भिडियोमा शक्ति प्रज्ज्वल घिमिरेको सम्पादन छ । गायक मिनराजले आफ्नो पहिलो गीत दर्शकले मन पराउने विश्वास व्यक्त गरेका छन् । कृशल र मिनराजको मित्रता नेपाल आइडलदेखि नै जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4