
२२ वैशाख, काठमाडौं । दिल्लीका मुख्यमन्त्री एवम् आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवाललाई एक व्यक्तिले थप्पड हानेका छन् । शनिबार रोड शोको क्रममा अज्ञात आक्रमणकारीले थप्पड हानेका हुन् ।
केजरीवाल पश्चिम दिल्लीको मोतीनगर क्षेत्रमा पार्टीका उम्मेदवार बलबिर सिंह जाखडसँग चुनाव प्रचारमा थिए । रोड शोका लागि केजरीवाल र जाखड छत नभएको जीपमा सवारी थिए । त्यहीबेला टीसर्ट लगाएका एक व्यक्ति जीपको बोनटमा चढेर केजरीवाललाई थप्पड हाने ।
आम आदमी पार्टीले आक्रमणको आरोप भाजपालाई लगाएको छ ।
उसले ट्वीटरमा लेखेको छ, ‘यो अरविन्द केजरीवाललाई मात्र नभइ दिल्ली र यसको जनमतमाथिको आक्रमण हो । दिल्लीका जनताले १२ मेमा जवाफ दिनेछन् ।’
केजरीवाल सरकारमा मन्त्री रहेका मनीष सिसोदियाले पनि ट्वीट गरेर भाजपा अध्यक्ष अमित शाह र भाजपा नेता एवम् हालका प्रधानमन्त्री नरेन्द्र मोदी केजरीवालको हत्या गराउन चाहन्छन् ? भनेर प्रश्न गरेका छन् ।
प्रतिक्रिया 4