+
+

सुरु भयो मछिन्द्रनाथको रथयात्रा

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७६ वैशाख २५ गते २०:००

२४ वैशाख, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथ रथयात्रा बुधबार सुरु भएको छ । दिउँसो ४ बजे ललितपुरको पुल्चोकबाट रथयात्रा सुरु गरिएको हो ।

बुधबार नै रथको धँमामा भैरबको मुकुट र दायाँ वाया नाग राखिएको छ । स्थानीयले रथ तानेर पुल्चोकबाट बिहीबार गाबहालसम्म पुर्‍याउँछन् । रथ यात्राका क्रममा स्थानीयले रथको पूजा पनि गर्ने गर्छन् ।

रथ तानेको हेर्न ठूलो संख्यामा सर्वसाधारण भेला भएका थिए । सडकदेखि घरको छतसम्म रथयात्रा हेर्ने मानिसको भीड थियो । रथलाई एक दिन गाबहालमा राखेपछि सुन्धारातर्फ लगिन्छ ।

सुन्धाराबाट महाबौद्ध र चाकुबहाल हुँदै लगनखेल लगिन्छ । लिच्छवी राजा नरेन्द्रदेवका पालामा भारतको कामरूप कामाख्या गई ’वुंगद्य’ अर्थात् रातो मच्छिन्द्रनाथलाई काठमाडौं उपत्यकामा ल्याइएको किंवदन्ती छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?