+
+

एनआईसी एशिया बैंकका थप दुईवटा शाखारहित बैंकिङ सेवा

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २० गते १९:२९

२० जेठ, काठमाडौं ।  एनआईसी एशिया बैंकले झापाको केचनाकवल गाउँपालिका- १ घेराबारी र स्याङ्गजाको आँधीखोला गाउँपालिका-१ पञ्चमूलमा क्रमशः ३०औं र ३१औंं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।

केचनाकवल गाउँपालिकाको घेराबारीमा सञ्चालनमा ल्याइएको शाखारहित बैंकिङ सेवाको उद्घाटन बैंकका दमक क्षेत्रीय कार्यालयका सम्बन्ध प्रबन्धक विशाल घिमिरेले गरे। उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा पार्वती कुमारी राजवंशीलाई नियुक्त गरिएको छ।

यसैगरी आँधीखोला गाउँपालिकाको पञ्चमूलमा सञ्चालनमा ल्याइएको शाखारहित बैंकिङ सेवाको उद्घाटन पञ्चमूल गाउँपालिका –१ का वडा अध्यक्ष लोकप्रसाद ढकालले गरे। पञ्चमूलको शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा गंगाधर ढकाललाई नियुक्त गरिएको छ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयबासीले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ सेवा लिन सक्नेछन्। साथै सो सेवाबाट बैंकिङ कारोबारको लागि स्थानीयबासीहरुलाई लामो दूरीसम्म हिंड्नुपर्ने बाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?