+
+

धाराको पानी छोएको निहुँमा गाली गरेपछि खुकुरी प्रहार

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २६ गते १३:२४

२६ जेठ, काठमाडौं । ‘तल्लो जात’ को भनेर पटकपटक विभेद गरेको आरोप लगाउँदै एक व्यक्तिले छिमेकीलाई खुकुरी प्रहार गरेका छन् ।

कागेश्वरी मनहरा–७, डाँछीका राजकुमार सार्कीले स्थानीय सुनील नगरकोटीमाथि खुकुरी प्रहार गरेका हुन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार घटना शनिबार साँझको हो ।

धाराको पानी छोएको निहुँमा नगरकोटीले विवाद गर्न खोजेपछि राजकुमारले खुकुरी प्रहार गरेको खुलेको जनाइएको छ ।

घटनापछि गम्भीर भाइते भएका नगरकोटीलाई स्थानीयले ंजोरपाटीको नेपाल मेडिकल कलेजमा उपचारका लागि लगेका थिए ।

प्रहरीलाई दिएको बयानमा सार्कीले आफ्नो कसुर स्वीकारेका छन्, उनले रीस थाम्न नसकेर छेउमा भेटेको हतियारले प्रहार गरेको बताएका छन् ।

थप अनुसन्धान र कारबाहीका लागि महाशाखाले सार्कीलाई प्रहरी वृत्त, बौद्धको जिम्मा लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?