
‘रोगमुक्त रहनु नै उपचार गर्नुभन्दा बढी उत्तम हो ।’
कुनै औषधीको प्रयोग नगरी, शल्यक्रिया नगरी, सुई नखोपी गरिने उपचार विधी हो, प्राकृतिक चिकित्सा । यो नै प्रभावकारी र हानिरहित विधी पनि हो ।
रोग लागिसकेपछि मात्र होइन, रोगमुक्त जीवन बाच्नका लागि समेत प्राकृतिक चिकित्सा उपयोगी हुन्छ । प्राकृतिक रुपमै बलियो, निरोगी, तन्दुरस्त हुनु पहिलो सर्त हो । रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिन नै सर्वोत्तम हो । अतः यसको एउटै सूत्र भनेको प्राकृतिक चिकित्सा नै हो ।
प्राकृतिक चिकित्सा आफैमा एक अनौठो प्रणाली हो जसले शारीरिक, मानसिक, नैतिक र आध्यात्मिक रुपमै मान्छेलाई सही मार्गमा हिँडाउँछ । यसमा स्वास्थ्यलाई प्रोत्साहन, रोग निवारण र उपचारका साथ-साथै फेरी तन्दुरुस्ती प्रदान गर्ने अपार सम्भावना हुन्छ ।
प्राकृतिक चिकित्सा के हो त ?
वास्तवमा जे जति रोग छन्, ति सबैको कारण र उपचार करिब एउटै हो । शरीरमा जब विकार पदार्थ सञ्चय हुन थाल्छ, त्यही स्थितीलाई हामी रोग भन्छौं । अतः ति विकार निर्मूल गर्नु नै उपचार पद्दती हो । उपचारको विद्यमान विधी अनेक छन् । त्यसमध्ये सबैभन्दा प्राचिन, विश्वसनिय र प्रभावकारी उपचार पद्धती हो, प्राकृतिक चिकित्सा ।
प्राकृतिक चिकित्साले कुनै एक विषेश रोगको मात्र उपचार खोज्दैन, सम्पूर्ण शरीरलाई तन्दुरुस्त राख्छ । रोगप्रतिरोधात्मक क्षमता विकास गर्छ । शरीरमा कुनैपनि रोगको संभावनालाई न्युनिकरण गर्छ ।
प्रकृतिको उपचारमा दबिएर बसेका रोगहरूलाई माथि ल्याइन्छ र स्थायी रूपले हटाइन्छ । यसले दीर्घरोगबाट पनि मुक्त दिलाउँछ । यसको खास विशेषता भनेको के भने, कुनै शारीरिक समस्या वा रोग मात्र होइन, मानसिक र सामाजिक उपचार पनि गर्छ ।
प्राकृतिक चिकित्साको एउटा सूत्र छ, केवल भोजन नै चिकित्सा हो । हामीले खाने भोजनले नै शरीरलाई निरोगी वा रोगमुक्त बनाउने हो । हामीले खाने भोजनले नै शरीरको प्रतिरोधात्मक क्षमता बढाउने हो । शरीरलाई बलियो, तन्दुरुस्त बनाउने हो । दीर्घायु बनाउने हो ।
जबकी आज त्यही खानपानको कारण मान्छे रोगी हुँदैछन् । जिर्ण हुँदैछन् । मृत्युको मुखमा पुगिरहेका छन् । खानालाई खान जानियो भने औषधी हुन्छ । खाना खान जानिएन भने विष हुन्छ ।
शरीर पञ्चतत्वले निर्माण भएको छ । प्रकृति पनि पञ्चतत्वले निर्माण भएको छ । प्रकृति र शरीर आपसमा एकाकार छन् । त्यसैले शरीरलाई रोगमुक्त राख्ने बुटी पनि प्रकृतिमै छ । पञ्चतत्व भनेको अग्नी, आकास, जल, वायु र पृथ्वी ।
प्राकृतिक उपचार विधी
जल चिकित्सा -जल चिकित्सा पानी को उपयोग बाट गरिने एक विधि हो । पानी को आˆनै गुणहरु हुन्छन्, जसले रोग निमुएल बनाउने भूमिका खेल्छ । पानी बाट गरिने उपचार पद्धतीमा, हिप वाथ, सौना बथ, स्टिम वाथ, स्पिनल बथ आथि पर्छ ।
उपवास
उपवास भनेको कुनैपनि खानेकुरा सेवन नगरी वस्नुको अवस्था हो । यसले पाचन यन्त्रलाई विश्राम दिन्छ । उपवास भनेको शरीरलाई भित्रैदेखि शुद्धिकरण गर्ने विधी पनि हो ।
आहार
खाना नै ओखती हो । भनिन्छ नि, तपाईं जस्तो खानुहुन्छ, त्यस्तै हुनुहुन्छ । खानालाई हामीले तीन भागमा विभाजन गरेका छौ, सात्विक, तामासिक र राजशी । स्वास्थ्य जीवनको लागि सात्विक खाना उपयोगी हुन्छ । तामासिक वा राजशी खानाले जिब्रोलाई लोभ्याउँछ । तर, शरीरमा विकार पनि पैदा गर्छ ।
माटो चिकित्सा
माटोमा खेल्दा, माटोको सम्पर्कमा रहँदा हाम्रो शरीरको रोगसँग लड्ने क्षमता बृद्धि हुन्छ । केही समयअघि मात्र हामीले असार पन्ध्र मनायौं । यो पर्वले पनि माटोसँग एकाकार हुन प्रेरित गर्छ । संसारमा माटोद्वारा गरिने उपचारका पनि विभिन्न विधी छन् ।
मालिस
हामीकहाँ मालिस गर्ने परम्परा नै छ । जब बच्चा जन्मन्छ, तोरीको तेलले मालिस गरिन्छ । मालिस एक प्राकृतिक विधी हो, जसले शरीरलाई बलियो बनाउँछ । रक्तप्रवाहमा सहयोग गर्छ । मालिसका अरु थुप्रै विधी एवं तौरतरिका छन् ।
वायु उपचार
ताजा हावा राम्रो स्वास्थ्यका लागि सबैभन्दा जरूरी हुन्छ । हाम्रो शरीरभित्र जति धेरै शुद्ध वायु रहन्छ, हामी उत्तिनै निरोगी रहन्छौं । अतः शरीरमा शुद्ध वायुको मात्रा बढाउने केही तौरतरिका छन् । प्राणायाम जस्ता विधी यसैका एक रुप हुन् ।
प्रतिक्रिया 4