
२२ असार, काठमाडौं । आफ्नै सासूलाई धारिलो हतियार प्रहार गरी हत्या प्रयास गर्ने एक महिलालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
पर्साको कालिकामाईं गाउँपालिका-२ भेडिहारीकी ३० वर्षीया इन्दुदेवी महरालाई प्रहरीले पक्राउ गरेको हो ।
इन्दुले शनिबार दिउँसो सासु राजपती देवी महरालाई ग्रासी(धारिलो हतियार)ले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएकी थिइन् । राजपतीका श्रीमान भोजरामले जाहेरी दिएपछि इन्दुलाई प्रहरीले पक्राउ गरेको हो ।
अनुसन्धानका क्रममा इन्दुले आफ्नो अवैध सम्बन्ध लुकाउन सासुको हत्या प्रयास गरेको खुलेको प्रहरीले बताएको छ ।
घाइते राजपतीलाई वीरगञ्ज न्युरो अस्पतालमा भर्ना गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4