+
+

नबिल बैंकले गर्यो बर्न्स भायोलेन्स् सरभाईभरसलाई सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २४ गते १७:२९

२४असार, काठमाडौं ।नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गते बिहीबार बर्न्स भायोलेन्स् सरभाईभरस् नेपाललाई एक लाख  आर्थिक सहयोग प्रदान गरेको छ । सो रकमआगलागीबाट पीडित बिरामीहरुको उपचार, आहा, विहार परामर्श तथा फिजियोथेरेपीका निम्ति प्रयोग गरिनेछ ।

बन्र्स् भायोलेन्स् सरभाईभरस् नेपाल आगलागीबाट हुने हिंसा/दुर्घटनाका उत्पीडित बिरामीहरुको सुरक्षा रोकथाम, वकालत, दीर्घकालीन स्वास्थ्यलाभ तथा पुनर्वासको कामहरुमा समर्पित रहदै आएको संस्था हो । स्थापना भएको समयदेखी बर्न्स भायोलेन्स् सरभाईभरस् नेपालले ५१० भन्दा बढी आगलागीबाट पीडित बिरामीहरुलाई चिकित्सा, सर्जिकल र पुनस्र्थापनामा सहयोग उपलब्ध गराएको छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले उक्तरकम बन्र्स् भायोलेन्स् सरभाईभरस् नेपाललाइलाई हस्तान्तरण गर्नु हुंदै यस्तो पवित्र सेवामा सहभागि हुन पाएकोमा सन्तुष्टी व्यक्त गरे ।
नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न शैक्षिक कृयाकलाप, विज्ञान तथा प्रविधी, स्वास्थ्य, साहित्य तथा कला आदि विभिन्न सामाजिक कल्याणका क्षेत्रमा निरन्तर रुपमा सहयोग प्रदान गरी अझ बढी प्रतिवद्धताका साथ लागि पर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?