Comments Add Comment

उदयपुरमा पहिरोले खोला थुनियो, सयौं घर जोखिममा

Photo Credit : तस्वीर: सुशिल ढुंगाना/उदयपुर

२८ असार, काठमाडौं । उदयपुरको उदयपुरगढी गाउँपालिका–६ स्थित दनुवारबेसी मुनि धप्पर तिनटाटने डाँडा खसेर बैद्यनाथ खोला थुनिदा नेपालटार बजार डुबानमा परेको छ ।

दिउसो खसेको पहिरोले गर्दा बैद्यनाथ खोला पुरै थुनिदा खोलाको माथिल्लो भाग र तल्लो क्षेत्रमा खतरा बढेको छ । खोला थुनिको तल्लो क्षेत्रमा पर्ने कटारी बजार, सोमवारे, गोहिया, बकपति, रिक्कु उच्च जोखिममा परेको हो ।

माथिबाट पहिरो जादा पहाड खसेर बैद्यनाथ खोला थुनिएकोले उदयपुरको नेपालटार बजार डुबानमा पर्न सुरु गरेको छ । उद्दारका लागि जिल्ला सुरक्षा समितिको आपत्कालिन बैठक बसि बिस्फोटक पदार्थ सहितको नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीको विषेश टोली त्यस तर्फ परिचालन गरिएको प्रजिअ धु्रब बहादुर खड्काले बताएका छन् ।

वेलकाकाे २ सय घर डुबान
जिल्लाको पूर्वी नगरपालिका वेलकाको वडा नम्बर १ पनि डुबानमा परेको छ । सदरमुकाम गाइघाटतर्फबाट आउने त्रियुगा नदीको बाध भत्किएर वेलकाको आम्वासी क्षेत्र डुबानमा परेको हो । त्यस क्षेत्रका करिब २ सय घरधुरी डुबानमा परेको नगरपालिकाका मेयर दुर्गाकुमार थापाले जानकारी दिए ।

मेयर थापाका अनुसार त्यस क्षेत्रमा अहिले सुरक्षाकर्मी एवं स्थानीय उद्दारमा खटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment