
के तपाईंको श्रीमती वा श्रीमानसँग पैसाको विषयलाई लिएर बहस भएको छ ? पैसाको बारेमा साथी वा परिवारका सदस्यसँग छलफल भएको छ ?
खासगरी हामी पैसाको कुरा गर्दैनौं । किनभने यसले सामुन्नेका व्यक्तिलाई अनौठो लाग्नसक्छ वा नराम्रो । यद्यपी जहिलेपनि पैसाको विषयलाई नजरअन्दाज गर्न सकिदैन । जब पैसाको बहस हुन्छ, त्यसको अन्त्य एकदम खराब हुन्छ ।
सम्बन्धमा तित्तता ल्याउनमा पैसा एक ठूलो कारण हो ।
बि्रटेनमा भएको एक सर्वेका अनुसार पैसाको कारण हुने झगडाले धेरैजसो सम्बन्धलाई दुई चिरा बनाएको छ । यो सर्वे च्यारिटी रिलेट, रिलेशनसिप्स स्कटल्यान्ड एन्ड म्याजि केयरले गराएको थियो । यसअघि नेशनल अफिस अफ स्टेटिस्टिक्सले गराएको सर्वेबाट पनि यही नतिजा आएको थियो ।
र, यसले केवल श्रीमान्-श्रीमतीकको सम्बन्धमा मात्र असर गर्दैन, परिवार र मित्रबीच पनि यसको असर रहन्छ ।
यी सबै समस्याको हल हो कि, पैसालाई लिएर कुनैपनि कुरा स्पष्टसँग गर्नुपर्छ । अर्थात पैसालाई लिएर दुबै पक्षबीच स्पष्ट र खुला कुराकानी हुनुपर्छ ।
तर, यस विषयमा झगडाको मूख्य कारण चाहि के हो त ?
तपाईं पैसा बचाउने कि उडाउने ?
पैसालाई लिएर अक्सर बहस यसकारण हुन्छ कि, पैसा सम्बन्धी अलग-अलग मान्छेका रवैया अलग हुन्छ ।
तपाईं खर्चिलो हुनुहुन्छ वा पैसा बचाउने ? यो तपाईंको सुरुवाती जिन्दगीको अनुभव वा घरको माहौलमा निर्भर गर्छ । यद्यपी यस्तो बानी बाल्यकालदेखि नै विकास हुन्छ ।
यसको अर्थ यो होइन कि, यस सन्दर्भमा तपाईं आमाबुवा जस्तै हुनुहुन्छ । तपाईंले बाल्यकालमा पैसाको अभाव झेल्नुभएको थियो । तर, जवान भएपछि तपाईं अत्याधिक खर्चिलो पनि हुनसक्नुहुन्छ । किनभने यतिबेला तपाईंसँग पैसा हुन्छ । आफ्नो जिन्दगी राम्ररी बिताउने चाह पलाएको हुनसक्छ ।
तपाईं धेरै नै खर्च गर्न थाल्नुहुनेछ ।
कतिपय व्यक्तिका लागि पैसा जिन्दगीलाई सुरक्षित बनाउने तरिका हो । कतिको लागि यो स्वतन्त्रता हो । जबकी कसैको लागि यो प्रेम दर्शाउने कुरा हुनसक्छ, कसैका लागि यो ताकत वा प्रतिष्ठा ।
यसैले पैसासँगको हाम्रो सम्बन्ध एकदम पेचिलो र गहिरो हुन्छ । जब हामी ति व्यक्तिसँग भेट्छौं, जसमा पैसालाई लिएर अलग सोंच हुन्छ । तब दुबैबीच गलफत्ती र तनाव हुने संभावना रहन्छ ।
हुनसक्छ तपाईं पैसा एकदमै सावधानीपूर्वक खर्च गर्नुहुन्छ । तर, तपाईंको साथी नयाँ लुगाफाटो र पार्टीमा खुब पैसा उडाउँछ । तब उनलाई लाग्न सक्छ कि, तपाईंले आफ्नो कन्जुस स्वभाव त्याग्नुपर्छ । खुलेर खर्च गर्नुपर्छ ।
कोसँग बढी, कोसँग कम पैसा ?
यदि तपाईंले नयाँ सम्बन्ध सुरु गर्नुभएको छ र ‘मेरो पैसा’ अनि ‘तिम्रो पैसा’ ‘हाम्रो पैसा’मा बद्लिएको छ । तब केही हुनसक्छ ।
यसपछि जब तपाईं उक्त पैसा खर्च गर्ने सोच्नुहुन्छ, तब मतभेद सुरु हुन्छ ।
यसो भन्नुपर्छ कि, यो पैसा दुबैको आधा आधा हो । यो पनि सही हुँदैन । त्यसो भए कुन तरिका ठिक होला कि, जसमा दुबैको एकमत हुन्छ ?
अहिलेको अवस्था बद्लियो भने तपाईं के गर्नुहुन्छ, जस्तो कि बच्चा हुनसक्छ वा तपाईंहरु अलग हुने निर्णय लिनुहुन्छ । तब के गर्ने ?
यदि तपाईंको पुस्तौ पुस्ताको पैसा पनि त्यस पैसामा सामेल छ भने के त्यसलाई पनि तपाईं आपसमा बाढ्नुहुन्छ ?
यदि तपाईंको पैसा आफ्नो पार्टनरको पैसा भन्दा कम छ भने यसले पनि सम्बन्धमा तनाव पैदा गर्न सक्छ । यसले तपाईंलाई दुःखी बनाउँछ । तपाईंले सोच्नुहुनेछ कि तपाईं अरु कसैसँग निर्भर हुनुहुन्छ ।
अविश्वास
रमेशलाई थाहा भयो कि जब उनकी श्रीमतीले उनलाई नसोधी उनको एटिएमबाट हजारौं रुपैयाँ खर्च गरिन् । यसले उनलाई ठेस लाग्छ । उनलाई लाग्छ कि, ममाथि विश्वासघात भयो ।
जब तपाईं कुनै सम्बन्ध सुरु गर्दै हुनुहुन्छ भने त्यसमा विश्वासको स्तर एकदमै बढी हुन्छ । तपाईं आफ्ना साथीमाथि विश्वास गर्नुहुन्छ र तपाईंलाई लाग्छ कि उनले तपाईंको एकदमै ख्याल गर्छ ।
तर, पैसालाई लिएर तपाईंहरु दुबैको सोंच अन्तर भएमा दुबैबीचको विश्वास नराम्ररी टुट्न पुग्छ । त्यसैले तपाईंले आफ्नो खर्च गर्ने बानीमा इमान्दार रहनुपर्छ । यदि खर्च गर्नुभयो भने त्यसलाई लुकाउने, छिपाउने होइन, प्रष्ट बताउने गर्नुपर्छ ।
पैसा उधारो नलिनु, नदिनु
यदि कसैले तपाईंसँग पैसा माग्छ भने तपाईं के गर्नुहुन्छ ?
पैसा माग्ने मान्छे राम्रो साथी हुनसक्छ । वा कुनै साइनो सम्बन्धका हुनसक्छन् । उनलाई कुनै जरुरी कामको लागि पैसा चाहिएको हुनसक्छ ।
तपाईं उनलाई खुसीसाथ पैसा सापटी दिनुहुन्छ । तर, उनले उपहार जस्तै पैसा लिएर तपाईंलाई फिर्ता गरेन भने ?
यसैले तपाईंले पैसा सापटी दिदै हुनुहुन्छ भने स्पष्टसँग कुरा गर्नुहोस् । यसले गर्दा तपाईंहरुवीच कुनै मनमुटाव वा समस्या उत्पन्न हुँदैन । यी सबै कुरामा आवश्यक छ कि, तपाईंहरुले स्पष्ट र खुलेर कुरा गर्नुहोस् ।
आर्थिक विशेषज्ञ जीन थ्यूरेरको यी टिप्स उपयोगी छन्, जसले पैसाको बारेमा हुने संभावित विवाद हटाउन मद्दत गर्छ ।
सही समयमा पैसाको बारेमा कुरा गरौंः अर्कालाई सुनाउने वा सवाल जवाब नगरौं । सही समयमा पैसाको कुरा गरौं ।
आफ्नो साथीलाई निम्नस्तरको देखाउने गल्ती नगरौंः आत्मनिर्भर बनौं । आफ्नो साथीलाई आरोप लगाउने नगरौं ।
आफ्नो बजेटको बारेमा कुरा गरिरहनुहोस्ः बजेटलाई लिएर तपाईंहरु दुबैबीच सहमति हुनुपर्छ । यसका लागि हप्तामा, महिनामा, तीन महिनामा कुरा गरिरहनुपर्छ । तपाईंले मूल्यांकन पनि गर्दै जानुपर्छ कि सल्लाह बमोजिम पैसा खर्च भइरहेको छ ?
खुलेर कुरा गर्नुहोस्ः पैसाको विषयमा एकदमै स्पष्ट र खुला कुरा गर्नुपर्छ । – बिबिसीबाट भावनुवाद
प्रतिक्रिया 4