+
+

असुरक्षित गर्भपतन गराउँदा युवतीको मृत्यु, युवक पक्राउ

सुरेश बिडारी सुरेश बिडारी
२०७६ साउन ५ गते १४:३२

५ साउन, वीरगञ्ज । असुरक्षित गर्भपतन गराउँदा पर्सामा एक युवतीको मृत्यु भएको छ । भारतको रक्सौल गएर असुरक्षित गर्भपतन गराउँदा पर्साको पोखरिया नगरपालिका–६ कि २० वर्षीया सावित्रीकुमारी शर्माको मृत्यु भएको हो ।

गर्भपतनपछि अवस्था गम्भीर बनेपछि सावित्रीलाई वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा असार २२ गते घटनाबारे थाहा पाएको प्रहरीले स्थानीय सिकेन्द्रप्रसाद चौहानलाई पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता डीएसपी अनन्तराम शर्माले जानकारी दिए ।

‘गर्भ बसेपछि उनीहरुले रक्सौलमा गएर असुरक्षित गर्भपतन गराएका रहेछन्,’ उनले भने, ‘गर्भपतनपछि युवतीको स्वास्थ्य स्थिति बिग्रिएछ, वीरगञ्जमा उपचार गराउँदा घटनाबारे जानकारी आएपछि अनुसन्धान सुरु गरेका हौं ।’

सावित्रीको उपचारकै क्रममा साउन ३ गते मृत्यु भएको हो । हाल उनको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ । प्रहरीले सिकेन्द्रलाई ज्यानसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको छ ।

नेपालमा सरकारले गर्भपतनका लागि सूचीकरण गरेको स्वास्थ्य संस्थामा महिलाको मन्जुरीमा दक्ष स्वास्थ्यकर्मी वा नर्सद्वारा १२ हप्तासम्मको गर्भ सुरक्षित तरिकाले गर्भपतन गर्न सकिने कानूनी व्यवस्था छ । तर तराईका सीमावर्ती क्षेत्रमा भारतमा गई असुरक्षित गर्भपतन गर्ने प्रचलनसमेत रहेको छ ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?