+
+

‘नायर’ ले ‘टुगेदर वि ग्रो’ टिभी कार्यक्रम सञ्चालन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ९ गते १५:११

९ भदौ, काठमाडौं । नेपाल र अष्ट्रेलियाको सम्बन्ध मजबुत बनाउने लक्ष्य सहित शिक्षा, संस्कृती, पर्यटन, व्यापार र जिबनशैलीको प्रबद्धन गर्ने बिषयमा नायर (नेप्लिज एसोसिएसन अफ अष्ट्रेलियन एजुकेसन रेप्रीजेन्टेटिभ) र सौजन्य मिडियाको सहकार्य भएको छ । सहकार्यका लागि दुबै संस्थाले ‘टुगेदर वी ग्रो’ (नेपाल र अष्ट्रेलिया) नामक कार्यक्रम समेत लन्च गरेका छन । दुई संस्था मिलेर नेपाल र अष्ट्रेलिया बिचको सम्बन्धलाई अझ प्रगाढ बनाउन शिक्षा, संस्कृती, व्यापार र जिबनशैलीको प्रवर्द्धन गर्ने बिषयमा सम्झौता भएको छ ।

सम्झौता अनुसार दुई देश बिच रहेको विभिन्न क्षेत्रमा रहेको सम्बन्धलाई अभिबृद्धि गरी नेपालको आर्थिक, सामाजिक तथा प्राविधिक बिषयको ज्ञान र सिप आदानप्रदान गरिने छ । राजधानीमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी दुबै संस्थाले मिलेर काम गर्ने बिषयमा सहमती भएको छ सहमती अनुसार सौजन्य मिडियाले सूचना आदानप्रदानको काम गर्ने जनाईएको छ । सो अवसरमा नायरका अध्यक्ष बिज्ञान श्रेष्ठले ‘टुगेदर वी ग्रो’ मार्फत अध्ययनका लागि अष्ट्रेलिया गएका नेपाली विद्यार्थीहरुलाई ‘कम ब्याक नेपाल’ अभियान समेत संचालन गरिने बताए ।

‘यो कार्यक्रम मार्फत उच्च शिक्षाका लागि अष्ट्रेलिया गएका नेपाली विद्यार्थीले सिकेको ज्ञान र आर्जन गरेको अनुभवलाई नेपालको विकासमा लगाउनु पर्छ,’ अध्यक्ष श्रेष्ठले भने ‘राम्रा कामका बिषयमा संचार माध्यमले विद्यार्थीमा अष्ट्रेलिया प्रति देखिएको भ्रम चिर्ने विश्वास गरेको छु ।’

कार्यक्रममा नेपालका लागि अष्ट्रेलियाका राजदुत पिटर वर्डले नेपाल र अष्ट्रेलियाको सम्बन्ध प्रगाढ रहेको जनाउदै नेपाली विद्यार्थीका लागि अष्ट्रेलिया राम्रा गन्तब्य रहेको बताए ।

सो अवसरमा सौजन्य मिडियाका अध्यक्ष श्याम कडेलले अष्ट्रेलिया र नेपालको सम्बन्धलाई अझ नजिक बनाउन यस्तो कार्यक्रमले प्रभावकारी भूमिका खेल्ने बताए ।

नेपाल–अष्ट्रेलिया चेम्बर अफ कर्मस एण्ड ईन्डष्ट्रिजका अध्यक्ष अखिल चापागाईले नेपालको आर्थिक विकासमा अष्ट्रेलियाको महत्वपुर्ण योगदान रहदै आएको बताउदै त्यहाँको प्रविधि र विकासलाई नेपालमा प्रयोग गर्न सकिने सुझाब दिएका छन्। यसैगरी नेपाल अष्ट्रेलिया अल्मुनाई संघ (आना) का पुर्व अध्यक्ष डा. दामोदर प्रसाद पोखरेलले अष्ट्रेलियमा रहेका नेपाली विद्यार्थीले प्राप्त गरेको ज्ञानलाई नेपालको विकासमा लगाउनु पर्ने बताउदै अध्ययनपछि विद्यार्थीलाई नेपाल फर्काउन पहल गर्नुपर्ने बताए ।

यसरी नै आनाका अध्यक्ष डा. रामहरी अर्यालले नेपाल र अष्ट्रेलियाको आर्थिक, सामाजिक तथा शैक्षिक विकासलाई एक अर्का देशको आर्थिक विकासका लागि प्रयोग गर्न सकिने बताए ।

नायरका महासचिब उद्धब खडकाले नेपाल र अष्टलियाको सम्बन्ध नजिक बनाउन २ संस्थाले गरेको सहकार्यको सफलताको कामना गरेका थिए । सो अवसरमा नेपाल भ्रमण वर्ष २०२० लाई सफल गराउन आ-आफनो क्षेत्रबाट सहयोग गर्न आग्रह गरिएको थियो ।

अष्ट्रेलियामा हाल विभिन्न पेशा र क्षेत्रमा लगभग १ लाख ५० हजार नेपाली रहेका छन्। सन २००७ मा स्थापना भएको नायरले अवसर खोज्दै उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जाने नेपाली विद्यार्थीका लागि परार्मशदाताको काम गदै आएको छ ।

‘टुगेदर वी ग्रो’ (नेपाल र अष्ट्रेलिया) कार्यक्रमलाई एक्सेल्सीया कलेज, चिसोम ईन्टिचुट र हब ट्राभल्सले प्रायोजन गरेका छन भने यो कार्यक्रम निकट भविष्यमा हिमालय टेलिभिजन एचडी मा प्रसारण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?