+
+

बेलायती प्रधानमन्त्रीका भाइले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १९ गते २१:२६

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनका भाइ जो जोनसनले सांसद र मन्त्री पदबाट राजीनामा दिएका छन् ।

आफू परिवारप्रतिको वफादारी र राष्ट्रिय हित के छान्ने भन्न्ने दोधारमा परेको र यो समाधान नहुने तनाव भएको भन्दै उनले राजीनामाको घोषणा गरेका हुन् ।

सन् २०१६ मा जोनसनले युरोपीयन युनियनमा बस्नुपर्ने पक्षमा मतदान गरेका थिए भने उनका दाइले ईयू छाड्नुपर्ने अभियानको अगुवाई गरेका थिए ।

जो जोनसनको यो कदम महत्वपूर्ण मानिएको छ । उनी बेक्जिटको विपक्षमा मतदान गर्ने २१ सांसदलाई निस्कासित गर्ने प्रधानमन्त्री जोनसनको निर्णयप्रति सन्तुष्ट थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?