
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्रको उपसंयोजक (डीआरसी)मा टेक्ससका बेदराज बस्नेतले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
अमेरिकाज क्षेत्रका गैरआवासीय नेपालीहरुका साझा मुद्दा बोकेर डीआरसीको उपसंयोजकमा उम्मेदवारी दिने निर्णय गरेको बस्नेतले बताएका छन् ।
उनले अमेरिकाज क्षेत्रका राष्ट्रिय समन्वय समिति -एनसीसी)लाई मजबुत बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
बस्नेतले २ कार्यकाल एनआरएनए अमेरिकाको कोषाध्यक्ष भएर काम गरेका थिए भने एक कार्यकाल सोही क्षेत्रबाट आईसीसी सदस्य चुनिएका थिए ।
उनी हाल एनआरएनएका केन्द्रीय सदस्य छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4