
८ असोज, काठमाडौं । पाल्पामा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ ।
तिनाउ गाउँपालिका-३ पावरहाउसस्थित तिनाउ खोलामा पौडी खेल्ने क्रममा भारतीय नागरिकको डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्यु हुनेमा नेपाल घुम्न आएका भारत उत्तरप्रदेश आग्राका २६ वर्षीय विशालकुमार जावत रहेका छन् ।
विशाल सोमबार साँझ पौने ६ बजेको समयमा पौडी खेल्ने क्रममा खोलामा डुबेका थिए । खोजीका क्रममा रुपन्देहीको इलाका प्रहरी कार्यालय बुटवलको क्षेत्रमा मृत फेला परेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4