+
+
Shares

मकैबारीमा भेटियो मरेको गैंडा  

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १ गते १०:०७
Ram Kumar Shresth

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नवलपुरको कावासोती नगरपालिका–१ लोकहा स्याउलीमा एउटा भाले गैंडा मृत फेला परेको छ।
  • स्थानीयले बिहान ८:३० बजे मकैबारीभित्र मरेको गैंडा देखेपछि प्रहरीलाई खबर गरेका थिए।
  • प्रहरी, डिभिजन वन कार्यालय र इलाका वन कार्यालयको टोली घटनास्थल पुगेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

१ जेठ, काठमाडौं । नवलपुरको कावासोती नगरपालिका–१ लोकहा स्याउलीमा एउटा भाले गैंडा मृत फेला परेको छ ।

स्थानीयले आज बिहान भिम बहादुर दर्जीको मकैबारीभित्र मरेको गैंडा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार मकैबारीमा मरेको गैंडा रहेको सूचना स्थानीयले ८:३० बजेतिर दिएका थिए ।

त्यसपछि प्रहरी, डिभिजन वन कार्यालय र इलाका वन कार्यालयको टोली सो क्षेत्रमा पुगेको थियो ।

प्रहरीका अनुसार मृत गैंडामा घाउचोट देखिएको छैन । घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?